Sunday, August 16, 2015

उ अर्थात बन्दकर्ता

भर्खरै
ल्याम्पोस्टमुनि
एक आकृती सल्बलायो
म हेर्दैछु उस्लाई
मध्यम कद्
रातो फेटाले निधार कसेको
एक हातमा लठ्ठी र अर्कामा
दुइ- चार सर्को तानिएको चुरोट्
रातो गन्जी र
निलो पेन्ट्

बड्दै छ अगाडि
छोड्दै चप्पलका मृदु ध्वोनिहरु
उ अर्थात बन्दकर्ता । (1)

उ कुनै गल्लिको ढोका
ढक ढक्काउछ
लखतरान शरिर बोकेर
भूकम्पले चर्किएको घरभित्र
सुस्त छिर्छ
अनी
कतै हराउछ बन्दकर्ता । (2)

खोल्छ ताला
थिच्छ स्विच्
नियाल्छ आफ्नो साम्राज्य
असरल्ल छरिएका सामानहरु
धुवाँको बासी गन्ध्

आफ्नो अब्यबस्थित जिबन्
सोच्दै  छ - ब्यबस्थित गर्ने
तर कहिले
उ जान्दैन एस्को उत्तर ।(3)

पल्टिएर सोच्दैछ
देखेको /देखाइएको सपना
कलम छोडेर बन्दुक थामेको
मरेको /मारेको
शिर झुकेको/ झुकाइएको
युद्धा भुमीको चित्कार्

जिबनको धङधङी बाकी रहेको साथिलाई पुरेको क्षेण ।
एकैछिनमा
फ्यासब्याक मानसपटलमा । (4)

एउटै शैली
एउटै उदेश्य र नारा बोकेको
हामिहरु बिचको फरक्
क्रान्तीपछी उस्को कायापलट्
मेरो यथाइस्थिति
तर पनि म जस्ता हजारौको
नमरेको सपना । (5)

सम्झदैछ हिजो साझ्को मशाल जुलुस
उग्र नारा र साथिको हुङकार्
भाबबिहिन बन्छ र
मुसार्छ आफ्नो आङमा
बिस्तारै डामहरुलाई ।  (6)

बिहानै
एक कप कालो चिया पिएर
उ निस्कियो भाले बास्नु अघि
जिम्मेवारी सम्हाल्न
आफ्नो इलाकाको
दुइ- चार तोडफोड र नाराबाजि
अनी
थोरै दाल्मोड चिउरा
मध्यदिनको । (7)

प्रहरिको धरपकड्
पकृयका आफ्ना साथिहरु
मध्य चोकमा बसेर
उ पढ्छ मान्छे
एक एठन मनभित्र
लज्जा र हिनताको । (8)

बेलुकिपख
उ रिपोर्टिङ गर्छ मालिकलाई
 र
पस्छ कुनै भट्टी भित्र ।(9)

मध्यरातमा
उ सोध्छ आफुलाई
के सपना हरु फगत थिए ?
अनी  रगत नि ?
त्यो पनि फगत नै
उ चिच्याउछ
दुइ चार स्यालहरुले
राम्रै प्रपन्च गरे
श्रमजिबिका रगत र पसिनाले नुहाएर
सिंहदरबार छिर्ने । (10)













Saturday, December 6, 2014

बोझिलो रात

बोझिलो रात
चाँदनिको भट्टिबाट
लर्खराउदै निस्कन्छ
सडक किनारामा
उन्मुक्त भएर

फाटक खोल्छ गलाको
उन्मादी स्वरहरुमा कासन ठोक्न ।

एइ सुतेका मान्छेहरु
सुत ! सुत ! चिर निद्रामा सुत !
नबिउझिने गरी सुत !
किन उठ्नु छ तिमीलाई यहाँ
तिमी त चलेकै छौ
निमेशिय मृत्युमा पनि ।
सरकार त चलेकै छ
बेचेर आफैलाई भएपनी
त्यसैले
सुत ! सुत !  सुत !
मस्त निद्रा मा सुत !

किन जगाउ म तिमीहरुलाई
सुत्ने आनुबंसिक गुण बोक्नेहरुलाई
तिम्रा बा हरु सुते !
बा हरुका बा हरु सुते !
तीनका नि बा र बाजे हरु सुते !
त्यसैले सुत्ने बानी छ तिमीमा ।
सुत ! सुत !
मस्त निद्रा मा सुत !

अन्याय नदेख्ने आखाँ
चिम्लेर सुत !
बचाउको आबाज नसुन्ने कानहरु
बन्द गरेर सुत !
भोको पेटमा मालिकको गुणगाण गाउँने
मुख थुनेर सुत !
अगाडी नबड्ने ति खुट्टाहरुमा
जन्जिर बानेर सुत !
निकट भबिश्य पहिल्याउन नसक्ने
गिदी झिकेर सुत !
सुत ! सुत ! मस्त निद्रामा सुत !

कुनै रात
त्यही निद्रा बिचमा
तिम्रो नक्सा हराउछ ।
देश र झन्डा हराउछ ।
तिमी हराउछौ गोल भुगोलमा ।
बिहानिको मिर्मेरेमा
गिदी छिर्नु अगि टाउकोमा
तिम्रा अगडी  बर्धिधारी  हुनेछन
कुन्दा ले हान्नेछन तिमीलाई
तिम्रै अगाडी
बलात्कृत हुनेछन
तिम्रा आमा दीदी र बहिनिहरु
सुन सुन तेइ मृदुधोनी हरु
सायद  तेइ तिमीलाई प्यारो लाग्छ ।
सुत ! सुत !
मस्त निद्रामा सुत !

ओइ मान्छेहरु
म किन बर्बराउ मध्य रातमा
किन बिउझाउँ तिमीलाई
रक्सिको नशामा
मलाई के ?


कुनै दिन
तिम्रा सन्ततिले तिमीलाई सोध्नेछन
म को हुँ भनेर ?
मेरो देश कहाँ हो भेनेर ?
के उत्तर दिन्छौ तिमी
बिश्वमानचित्रमा कतै बिलायो भन्छौ
कि थोपर्छौ अरुको टाउकोमा
कि भन्छौ
म सुते , सुतिनै रहे
त्यसैले
म हराए
मेरो देश हरायो ।

Thursday, December 4, 2014

ओइ मान्छे

ओइ मान्छे
आउ यहाँ
खन्न एक खाडल
आफ्नो लागी ।

उठाउँ बेल्चा
चलाउ साबेल्
बगाउ पसिना
खन भुमी
बनाउ खाडल
लुकाउन आफुलाई ।


सत्य कि झुट
न्याय कि अन्याय
शोषक कि शोषित
धनी कि गरीब
काला कि गोरा
आउ मिलाउ हातहरु
खन्न  एक खाडल
आफ्नै लागी ।

ओइ  मान्छे
के अझै लाग्दैन तिमीलाई
खन्नु  पर्छ खाडल  भनेर
पृथ्वी को गर्भ मा पुर्नलाई
अन्यायका प्रतिमुर्तिहरु
शोषितका आशु र भोकहरु
गरीबका आङ र पेटहरु ।

 

Monday, October 20, 2014

रात र सपनाहरु


प्रत्यक रात
हेम्लकको नशामा
अर्धचेतनामा
भयङ्कर सपनाहरुसँग
साक्षात्कार गर्दै
अधमरो निदाउछ
युवा ।



सपना बग्छे
समाजसँङ्ग
सस्कारसङ्ग
सम्बन्धसङ्ग
सरकारसङ्ग
अधोगतिमा ।


फुटछन् मनभित्र
अग्निसमायोगहरु
उम्लन्छ मन
पकाउछ मष्तिक र
खरानी पार्छ
केही संस्कारलाई
केही सम्बन्धलाई
केही समाजलाई
त्यसको
विकास र चेतनालाई

रोज्छ
त्यसभित्रको मृत्यु ।



निसास्सियर
भिमसेन कागज च्यापी
मध्यपुर्वको धुपमा
मलायाको जङ्गलमा
विसाउछ वोझिलो भाटा ।
एउटा अन्त र सुरुवाती
सपनाहरुको ।


त्यसैले त
प्रत्येक रात
एस्ट्रेमा
मिचिइन्छ ठुटो
कोमल हातहरुले र
सङ्गै मिचिन्छ
सुन्दर सपनाहरु
एउटा मृत समाज र
निभेको फिलिङ्गो ।
एउटा मृत विवेक
मृत बुद्धि र सिद्धान्त
सपनाको   ।
U

Thursday, October 16, 2014

पारुहाङहरु



पारुहाङ
एक श्रस्ठा नगरको
ब्यबस्थित समाजको ।
आपसी भाइचारा र
समन्यायको ।
श्रम सर्बाङ्गिण र
एकताको ।
नस्ल चेतना र
सुधारको ।
 (1)

त्यही नगर
त्यही चेतना र
समान्याय ।
एउटा शडयन्त्र
शक्तिका लागि
राज्यका लागी
एउटा नस्ल दबाउनका लागी ।
(2)

झिके म्यानबाट तरबार
बचाउन राज्य
बचाउन हुमति
चिर्न शडयन्त्र
एक युध
सेनापती पारुहाङ र
क्षेत्रीय सिपाहिको ।
दुइ नस्लको
दुइ चेतनाको ।
(3)

बिजय पछि
छैन हासो
छैन उमङ पारुहाङ्मा
मौन छन
गम्भिर छन ।
(4)

यता
हार पछि,बुनिन्छ
शड्यन्त्रको नया तानाबाना
बन्द दलानमा ।
कमजोर पार्न  तिमीलाई
खोजिन्छ मिथक
कल्पनाको  सिखरमा
मिथक नाच्छ तान्डब ।
रेखान्कित हुन्छ आकृती
बिरताको , सर्बश्रेष्ठताको
मिसाइन्छ हाबासँग

छरिन्छ ।
एउटा जादुमए मिथकले
निल्छ समाज र
तौलिइन्छ तिमीलाई
थपिन्छ पगरि
देबत्वोको र
कमजोर पारिन्छ तिमीलाई ।
(5)

सम्झ त
तिम्रा पर पुस्ताका पर पितालाई
कस्तो अन्याय
कत्रो अपमान
तर पनि शान्त
आखिर किन ?
के भुल थियो
सर्बश्रेष्ठ हुनु ?
की आर्जिनु ज्ञान
स्वयम परिक्ष्रमले   ।
खान्डहर किन हुन्छ जिबन ?
एक निमेशमै
एकै बाणिमै ।
किन ज्ञान तौलिइन्न ज्ञान सँग
सधै किन शडयन्त्र र जालझेल्
किन टेक्छ घुडा  ज्ञानको ?
शडयन्त्र आगाडी
अनी किन हार्छन
पारुहाङ्हरु यसरिनै
एक पछी अर्को गर्दै ।
(6)

शडयन्त्रका अगाडि
हार्छौ तिमी

सँगइ हार्छ एउटा राज्य
एउटा नस्ल
सिधान्त समान्यायको
तिम्रो लाशमाथी टेकेर
तिम्रै रगतले
लेख्छन इतिहाश
एक अमर योधा भनेर ।
एक बुद्ध भनेर
एक चिन्तक भनेर
राता अक्षरले

लुकाउछन तिमीलाई
ब्युत्क्रमको झोलामा
कुनै खातमा
नबुजिने लिपिमा ।
(7)

गणित रुन्छ
बत्तिश बाट तेतिसा नहुँदा
पारुहाङ हार्दा ।
  (8)
केइ दिनसम्म्
बगयो समाज
पखाल्यो तिम्रो स्मृति
तिम्रो कार्य
तिम्रै नगरले
बाध्यतामा
तरबार छिर्नु अगि
म्यानमा ।
(9)

त्यही चक्र
त्यही शडयन्त्र
फेरी उहि
शताब्दिऔ पछी
तिम्रा  पर सन्तानलाई
आखिर किन ? 
(10)

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...