Sunday, August 16, 2015

उ अर्थात बन्दकर्ता

भर्खरै
ल्याम्पोस्टमुनि
एक आकृती सल्बलायो
म हेर्दैछु उस्लाई
मध्यम कद्
रातो फेटाले निधार कसेको
एक हातमा लठ्ठी र अर्कामा
दुइ- चार सर्को तानिएको चुरोट्
रातो गन्जी र
निलो पेन्ट्

बड्दै छ अगाडि
छोड्दै चप्पलका मृदु ध्वोनिहरु
उ अर्थात बन्दकर्ता । (1)

उ कुनै गल्लिको ढोका
ढक ढक्काउछ
लखतरान शरिर बोकेर
भूकम्पले चर्किएको घरभित्र
सुस्त छिर्छ
अनी
कतै हराउछ बन्दकर्ता । (2)

खोल्छ ताला
थिच्छ स्विच्
नियाल्छ आफ्नो साम्राज्य
असरल्ल छरिएका सामानहरु
धुवाँको बासी गन्ध्

आफ्नो अब्यबस्थित जिबन्
सोच्दै  छ - ब्यबस्थित गर्ने
तर कहिले
उ जान्दैन एस्को उत्तर ।(3)

पल्टिएर सोच्दैछ
देखेको /देखाइएको सपना
कलम छोडेर बन्दुक थामेको
मरेको /मारेको
शिर झुकेको/ झुकाइएको
युद्धा भुमीको चित्कार्

जिबनको धङधङी बाकी रहेको साथिलाई पुरेको क्षेण ।
एकैछिनमा
फ्यासब्याक मानसपटलमा । (4)

एउटै शैली
एउटै उदेश्य र नारा बोकेको
हामिहरु बिचको फरक्
क्रान्तीपछी उस्को कायापलट्
मेरो यथाइस्थिति
तर पनि म जस्ता हजारौको
नमरेको सपना । (5)

सम्झदैछ हिजो साझ्को मशाल जुलुस
उग्र नारा र साथिको हुङकार्
भाबबिहिन बन्छ र
मुसार्छ आफ्नो आङमा
बिस्तारै डामहरुलाई ।  (6)

बिहानै
एक कप कालो चिया पिएर
उ निस्कियो भाले बास्नु अघि
जिम्मेवारी सम्हाल्न
आफ्नो इलाकाको
दुइ- चार तोडफोड र नाराबाजि
अनी
थोरै दाल्मोड चिउरा
मध्यदिनको । (7)

प्रहरिको धरपकड्
पकृयका आफ्ना साथिहरु
मध्य चोकमा बसेर
उ पढ्छ मान्छे
एक एठन मनभित्र
लज्जा र हिनताको । (8)

बेलुकिपख
उ रिपोर्टिङ गर्छ मालिकलाई
 र
पस्छ कुनै भट्टी भित्र ।(9)

मध्यरातमा
उ सोध्छ आफुलाई
के सपना हरु फगत थिए ?
अनी  रगत नि ?
त्यो पनि फगत नै
उ चिच्याउछ
दुइ चार स्यालहरुले
राम्रै प्रपन्च गरे
श्रमजिबिका रगत र पसिनाले नुहाएर
सिंहदरबार छिर्ने । (10)













सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...