Monday, October 20, 2014

रात र सपनाहरु


प्रत्यक रात
हेम्लकको नशामा
अर्धचेतनामा
भयङ्कर सपनाहरुसँग
साक्षात्कार गर्दै
अधमरो निदाउछ
युवा ।



सपना बग्छे
समाजसँङ्ग
सस्कारसङ्ग
सम्बन्धसङ्ग
सरकारसङ्ग
अधोगतिमा ।


फुटछन् मनभित्र
अग्निसमायोगहरु
उम्लन्छ मन
पकाउछ मष्तिक र
खरानी पार्छ
केही संस्कारलाई
केही सम्बन्धलाई
केही समाजलाई
त्यसको
विकास र चेतनालाई

रोज्छ
त्यसभित्रको मृत्यु ।



निसास्सियर
भिमसेन कागज च्यापी
मध्यपुर्वको धुपमा
मलायाको जङ्गलमा
विसाउछ वोझिलो भाटा ।
एउटा अन्त र सुरुवाती
सपनाहरुको ।


त्यसैले त
प्रत्येक रात
एस्ट्रेमा
मिचिइन्छ ठुटो
कोमल हातहरुले र
सङ्गै मिचिन्छ
सुन्दर सपनाहरु
एउटा मृत समाज र
निभेको फिलिङ्गो ।
एउटा मृत विवेक
मृत बुद्धि र सिद्धान्त
सपनाको   ।
U

No comments:

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...