Monday, June 13, 2016

नबसामन्तहरु

नबसामन्तहरु
तिम्ले जस्तो बुझ्दिन म,
राजनिति र तेस्का प्रत्यक अक्षर भित्रको उकालो ओरालो
तर म
तेती कम्जोर पनि छैन
म बुझ्छु सग्लो राजनिती शब्द ।
तिमी त्याहा भित्रको अक्षर केलाउछौ
शिशु कक्षाका भाई बैनिले झै
लगाउछौ बाइमात्रा र कान्दाने
एकलक्खे र दुईलक्खे

तेसैभित्र घुमाउछौ अक्षरका स्वोरुपहरु
म अवाक्क, शब्दजालभित्र
एकोहोरो सुन्छु तिमीलाई
तिमी तेही शब्दकपट भित्र
मेरो रगतको मुल्य सोच्छौ,
पाखो खेत र बारी सोच्छौ
तर म निशब्द
टाउको हल्लाउछु ।

अझै पनि
लालदर्बारको भित्ताहरुमा
सयौ भिम मल्लका रगतले लत्पतिएर बनेका
अब्स्ट्रायक धब्बाहरु
रुन्छ्न रे रातमा

कोसौ टाडा रेगिस्तानमा
जिउदा भिमसेनहरु
लड्छन युद्ध मृत्यु र जिबनको
धान्न त्राण देशको

यी नबसामन्तहरु
बेपर्बाह्, कल्पनाको महलमा बसेर
एकोहोरो रट्टा मार्छन
र गर्बले सुनाउछन बासी सपनाहरु ।

यि नबलेन्डुप हरु
नब सामन्त हरु
शब्दको कनिका छरेर
तयार पार्छन
तपाइ हामी जस्तै कुकुरहरु
जो तयार छौ
गाँउन स्तुती
लेख्न प्रसस्तिका थाकहरु
चोक सडक र गल्लिहरुमा ।

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...