Sunday, June 26, 2016

असारे बिद्रोह

जब
लेखहरुलाई कालो घनघटाले छोप्छ ,
मेघ गर्जन्छ र बादल बर्षन्छ्
हो
तेतिनै खेर
आँगनहरु सरेर-पिढिमा उक्लन्छन
पिढिहरु मजेरिमा लुक्छन

सुरु हुन्छ एक अध्याय
असारे बिद्रोहको ।


तल सिमलिटारका
कान्छा दाईहरु
मिर्मिरे उज्यालोमा
घन ठोक्छन र चुट्छन फलामे पाताहरु ।
त्यो घनको आबाज
एक संगीत बनेर गुन्जन्छ

पूर्वआभास गराउछ
असारे बिद्रोहको ।
तेतिनै खेर
पर सिम्लेमा घले दाई,
सुल्पा तान्दै
चोयाँले अन्तिम रुप दिईरहेका हुन्छन घुमहरुलाई ।



बसिलो, आइकर र रामो लिएर
राम थिङका
सिल्पी हातहरु कुद्छन
मुढोमाथी
र तयार पार्छन
एक हलो,
एक जुवाँ

एक दाँदे ।


एसरिनै
असारे बिद्रोह अघि
प्रत्यक बर्ष
सिमलिटारका कान्छा बिश्वोकर्माहरु
सिम्लेका घलेदाईहरु
राम थिङका सिल्पी हातहरु
तल्लिन रहन्छन
सघाउन-एक बिद्रोहलाई ।


कर्पोरेट घडिभित्र चल्ने,
यो समयमा
के मुल्य छ र खै,
त्यो पसिनाको
त्यो रगतको
जस्ले भिजाउछ धर्ति
गर्न एक बिद्रोह ।


बारम्बारको हारपछी पनि
श्रम सर्बोपरी मान्ने
यि साक्षात देबताहरु
हार मान्दैनन्

त सघाउछन
प्रत्यक असारे बिद्रोहलाई ।


हो ,
असारहरु
बिद्रोहका गित गुनगुनाउछ
प्राकृतिक संगीतको रापमा
सुत्रपात गर्छन क्रान्तिको
रोपेर युग चेतनाको -त्यान्द्रा
सिम टार र बेसिहरुमा ।

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...