Thursday, December 4, 2014

ओइ मान्छे

ओइ मान्छे
आउ यहाँ
खन्न एक खाडल
आफ्नो लागी ।

उठाउँ बेल्चा
चलाउ साबेल्
बगाउ पसिना
खन भुमी
बनाउ खाडल
लुकाउन आफुलाई ।


सत्य कि झुट
न्याय कि अन्याय
शोषक कि शोषित
धनी कि गरीब
काला कि गोरा
आउ मिलाउ हातहरु
खन्न  एक खाडल
आफ्नै लागी ।

ओइ  मान्छे
के अझै लाग्दैन तिमीलाई
खन्नु  पर्छ खाडल  भनेर
पृथ्वी को गर्भ मा पुर्नलाई
अन्यायका प्रतिमुर्तिहरु
शोषितका आशु र भोकहरु
गरीबका आङ र पेटहरु ।

 

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...