Tuesday, March 10, 2020

सपना र फिनिक्सहरु

मुर्तिकारको कलाश्रम भित्र
छिर्ने सबै सबै

ढुङ्गाहरु

कुशल मुर्तिकारकै हातमा परेपनी
मुर्ति,शालिक र एब्स्ट्रयाक कलाका
बेजोड आकृती बन्दैन्न ।
धेरै त
उस्कै शिल्पी र नयाँ प्रयोगको नाममा
छिनो को लगातार प्रहारले
बेढ्ङको आकृती बन्छन ।
जस्को
कुनै अस्तिस्त्व हुन्न
या रहन्न्न
अथवा -यब्सट्र्याक कलाको नाममा पनि
प्रदर्शन मा रखिन्न ।
****************************
रिजिक्टेड पिसहरु
चौरस्ता र गौडाहरुमा -
इतिहासको बोझिलो भार
नयाँ प्रयोगको लगातार प्रहार
कायाकल्पको एक सपना
सबै सबैको
बिषम कक्टेल पिएर
भबिस्यको सुखद कल्पनामा
नब पाइतालाहरुलाई बोक्न तल्लिन छ ।
****************************
पाईतालाहरु
हिड्छन कि हिडाईन्छ ?
किन बढ्छ ?
किन रोकिन्छ ?
किन कुद्छ ?
र कहिले किन थाकेर बसिजान्छ ?
रेगिस्तान पहाड र बर्फिला जमिनहरुमा
इतिहास कोर्न कि पढ्न ?
कि आफै इतिहास बन्न ?
नलेखिने इतिहास ।
समयको फेरो भित्र हराईजान
कुइरोको काग झै -गन्तब्यहिन ।
****************************
हजारौ पल्ट
किन फिनिक्स हरु उठ्छन
सपनाहरुजस्तै खरानि बाट ?
किन
सुरु गर्छन यात्रा
समयकालको मृत्युको ?
{कि यो कल्पना मात्र हो यात्रा सुरु र अन्त्य दुबै
कही कतै भएको छैन ।}
जिबन सपना र फिनिक्सहरु
एउटै सपना बोक्छन
पुनर्जिबन को ।
पुन्र्परिभाषा कुरेका इतिहास
पुन प्रयोग हुन तयार समय जस्तो ।
*********************
फेरी फिनिक्सहरुलाई
बिउझाउनु छ -मृत्युशैया बाट् {सायद मर्दैनन}
एकपल्ट {मृत्यु स्वभाबिक हो}
र्
सिगार्नुपर्नेछ
सुन्दर मस्तिश्कलाई
केहि बेफ्वाँकका सिद्धान्त
फिलिङो झै -समय , क्रान्ती र मानबइतिहासका
अनि -जाती बर्ण र रङ्गका
अधुरा र एकोहोरो क्रुर -बिज भरेर
जिबितताको डङ्का पिटाउदै
गर्नु छ प्राणप्रतिस््ठा
कुनै मुल्ला पुजारी र पादरिबाट ।
***************

Thursday, September 19, 2019

बाकसहरु

उहिले
धेरै धेरै मेरा पिता पुर्खा

मुग्लान झरे
पहाडहरुलाई छिचोलेर
सपना किन्न ।
फर्किदा खेरी
उनिहरु सँग आउथ्यो
प्यानासोनिक रेडियो घन्काउदै
देउरालिबाट गाँउतिर
काला टिनका बाकसहरुको
एक लस्कर ।
तेस्भित्र पुरै गाँउलाई पुग्ने
कोशेली ।
मुग्लानेको आफ्नै रबाफ थियो
अच्छा र लेकिन जस्ता नयाँ शब्द
उस्ले नै हो गाँउमा भित्रायको
मोटरमार चुरोटको धुवाँ
उडाँउदै
उ सुनाउथ्यो
अलौकिक मुग्लाने कथा ।
उस्का मुग्लान कथा
हाबा सँग
फैली जान्थे
चारगाँउ ।
कती
उतै हराउथे
कुनै चिठ्ठिपत्र आउदैन थियो ।
उस्का आफन्त हरु
कुनै मुग्लाने - देउरालिमा देख्ने बितिकै
पुगिहाल्थे कुँदेर
सोद्दथे एकै स्वासमा
-केहि खबर छ त हाम्रो कान्छाको ?
लेकिन मैले भेटिननी हौ
धेरै सोधी खोजी गरे
पर्देश को ठाँउ
पत्ता लागेन हो - काका ।
उत्तर दिन्थ्यो मुग्लाने ।
प्रत्यक क्षण
भञ्ज्याङ हेरी बस्थे आखाँहरु
समय बित्थ्यो
आखाँहरु सदाँको लागी चिम्लिजान्थे ।
तयार भईजान्थे
दोस्रो पुस्ताका आखाँहरु र
कुरी बस्थे मुग्लानेलाई ।
अहिले
मुग्लानको परिभासा फेरियो
सन्सारका सबै कुना नयाँ मुग्लान बन्यो ।
हिजो जस्तै आजपनी मुग्लान
पस्ने को लर्को उस्तै छ ।
हिजो थोरै रहर र बाध्यताको यात्रा
आज
सरकारनै मोलमोलाई गरिरहेछ
र बेच्दैछ
सस्तो श्रमिक श्रमबजारमा ।
हिजो जस्तै आज पनि
फर्किन्छन मुग्लानेहरु
बकासमा -बोकेर /भरियर
जिबन रित्तायर सपनाहरु किनिनसक्दै ।
आजभोलि
मुग्लाने
हबाईअड्डामा
निर्जिब फर्किन्छ बाकसहरुमा
हिजो पुरै गाँउकालागी
कोसेली बोक्ने बाकसमा
आज
आफै भरियर फर्कन्छ ।
समय बदलियो
स्थिती बदलियन
सपना बदलियन
परिबर्तन त केबल सत्तामा आयो
केहि मुट्ठिभर नेतामा आयो ।
जनता उहि लर्कोमा छन
सपना किन्न -मुग्लानको ।

Hey You



You didn’t live yesterday
Nor will tomorrow
You are living now- the present moment
You was born “today” –long ago
You will die “today” –long after
So, what’s there in space?
A void for self-contemplation
Wiring the melancholy -

Distress –intertwined with self-thoughts.  
Jerk of chemicals
Running through the veins
Sojourn ecstasy
Followed by the vail of misery.
********************
You - the infinite one
Was here and will be
Changing nature
Reassigning the self-course
In the duality of
Matter and energy.
********************
Today,
I heard the gospels- on peace
Just after the canons were fired
Recited some Richa
Summon the Yidams
To fix those
Mental wreckage  
Right after I was dead
*********************

Exhausted
On the long run
Before falling up-
Color on yourself
Like the leaves on fall
Picturesque and vivid
The memory that remains intact
The eyes wide open
Tranquility in vast space –without words.

Tuesday, September 11, 2018

घर फर्केका रातहरु

सुर्य पस्चिमी क्षितिजमा ढल्कनु पूर्वनै
मनहरु, मस्तिस्कहरु
पोको पार्छन केहि सम्झनाहरु
केहि थान अतृप्त सपनाहरु
र हुत्याईदिन्छन
रुकस्याक भित्र
एक यात्रा गर्न

साँझ परेपछि
कुनै मृत्युको खबर बोकेर हिँडेको-खबरी जस्तो
मुद्धाको तामेली भर्न हिँडेको-तामिलदार जस्तो
साझमा खर्क तिर फिरेका-चौपाएको हुल जस्तो
हजारौ हजार मान्छेहरु
सलहको टोलिजस्तै-छपक्क अँध्यारो आकाश छोपेर
प्रबासबाट फिर्छन देश तर्फ
र ओर्लन्छन
हिमालका टाकुराहरुमा
पहाडका कुना र कप्चेरामा
तराईका सम्म फाँटहरुमा ।
********
हो,
रातहरु प्रबाशबाट फिर्छन
देशतर्फ
र्
भेट्छन आफ्ना स्वोजन
गर्छन भलाकुसारि
साट्छन सुख दुखका मिहिन शब्दहरु ।
भेट्छन आफ्ना साथीभाई र सङि
जान्छन कुनै मेलामा र बसिदिन्छन रोधिमा
गाउन गित्
" फर्केर आए म यि अध्यारा रातहरुमा........
**********
दिँउसभरिको थकानपछी
यो रेगिस्तानमा
ताँतो बालुवामाथी बसेर
चिसा खब्बुसहरु चपाँउदै
पानीले निलेपछी
उ -थुक्छ भुँईमा
सिंहदरबार सम्झेर ।
***************
ओई शासकहरु
त्यो सिंहदरबार भित्र , तिमीलाई एँठन हुँदैन्
दुख्दैन कतैपनी अलिकति
तर बिडम्बना
सिंहदरबार भित्रबाट -केहि थान गिद्धहरु
चिहाईरहेछन -एअरपोर्ट तर्फ
र्
कुरिरहेछन
प्रत्यक दिन
बन्द बाकसभित्र
फ्रोजन सपनाहरुले
पुरिएर आउने लाशहरुलाई।
***************************

Thursday, May 31, 2018


                                                                    

                                                                      पहाडहरु


टुकु-टुकु आँगनमा हिड्ने हुदाँ
बा -परका काला पहाडहरुलाई
आफ्ना औंलाहरुले इन्कित गर्दै भन्नुहुन्थ्यो-
तँ- ति पहाडहरु जस्तो बन्नुपर्छ
धिर स्वाभिमानी
आमा  थप्नुहुन्थ्यो
हेर - समय अनुसार उस्ले सहन गर्ने प्रतिकुलताहरु
आगो , पानी , हुन्डरी अनि एस्तै एस्तै
तर पनि कती शान्त
हो ! तँ बन्नुपर्छ पहाडजस्तो -शान्त
तर मलाई कता कता नमज्जा लाग्थ्यो
पहाड बन्न्ने कुराले
भन्थे -छ्या
बन्नुछैन मलाई -एस्ता काला निर्जिब पहाडहरु 

*********** १************



अलि पछी
चौतारिको गफभित्र
मेला पर्म पर्बमा
मैले सुनिरहे
कुहिनो पहाडको युद्धको कुरा
सधै मान्छेहरु पहाडतर्फ हुन्थे
हास्थे एक कुटिल हाँसो
कुहिनोको त्यो दुस्साहास उपर ।

तेती खेर लाग्थ्यो
यी पहाडहरु युगतपस्बी हुन
महान बिराट छन
सभ्यता सँग युगको भाका बोल्छन
पनि
कती शान्त छन
सत्य छन सौम्य छन
तर पनि अहँ मलाई त्यो आभाले तान्न सकेन

************* २***************

मलाई थाहा थिएन

यि शान्त र सत्य मानिएका पहाडहरुपनी
आफ्नो स्वार्थको निम्ति
एक फिलिङोलाई निभाउन /दबाउन
गर्याल्मगुर्लुम ढल्छन भनेर
र असरल्ल छोड्छ्न
इतिहास भित्रका
अभिसिप्त कुन्ठाहरु
ईगोका पहाडहरु
र प्रतिधोनित गर्छन अल्टर इगोका इकोहरु
दुर दुर सम्म
फेरी फर्कन्छु  कुहिनो र पहाडको कथामा
तुलना गरे
ई कुईनाहरुलाई बर्बरिक सँग
अनी काला पहाडहरुलाई कुट कृष्ण सँग ।

त्यसैले एतिखेर
मेरा अगाडी
सबैभन्दा भयन्कर प्रश्नले उत्तर खोज्दैछ्न -
काला पहाडहरु
धैर्यता सहनशिलताको
पाठ घोकाउदै ,
सदियौ देखी
फरक बिचार राख्नेहरुलाई
कैद गरिराख्यौ
के अब
कोर्स अफ हिस्ट्री बदल्ने बेला भएन र ?
कि कुर्नु पर्नेछ सदियौ
  फेरी सुन्नुपर्नेछ
ति कुरुप 
पहाड कुहिनाका कथाहरु   
**************३****************

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...