Tuesday, March 10, 2020

सपना र फिनिक्सहरु

मुर्तिकारको कलाश्रम भित्र
छिर्ने सबै सबै

ढुङ्गाहरु

कुशल मुर्तिकारकै हातमा परेपनी
मुर्ति,शालिक र एब्स्ट्रयाक कलाका
बेजोड आकृती बन्दैन्न ।
धेरै त
उस्कै शिल्पी र नयाँ प्रयोगको नाममा
छिनो को लगातार प्रहारले
बेढ्ङको आकृती बन्छन ।
जस्को
कुनै अस्तिस्त्व हुन्न
या रहन्न्न
अथवा -यब्सट्र्याक कलाको नाममा पनि
प्रदर्शन मा रखिन्न ।
****************************
रिजिक्टेड पिसहरु
चौरस्ता र गौडाहरुमा -
इतिहासको बोझिलो भार
नयाँ प्रयोगको लगातार प्रहार
कायाकल्पको एक सपना
सबै सबैको
बिषम कक्टेल पिएर
भबिस्यको सुखद कल्पनामा
नब पाइतालाहरुलाई बोक्न तल्लिन छ ।
****************************
पाईतालाहरु
हिड्छन कि हिडाईन्छ ?
किन बढ्छ ?
किन रोकिन्छ ?
किन कुद्छ ?
र कहिले किन थाकेर बसिजान्छ ?
रेगिस्तान पहाड र बर्फिला जमिनहरुमा
इतिहास कोर्न कि पढ्न ?
कि आफै इतिहास बन्न ?
नलेखिने इतिहास ।
समयको फेरो भित्र हराईजान
कुइरोको काग झै -गन्तब्यहिन ।
****************************
हजारौ पल्ट
किन फिनिक्स हरु उठ्छन
सपनाहरुजस्तै खरानि बाट ?
किन
सुरु गर्छन यात्रा
समयकालको मृत्युको ?
{कि यो कल्पना मात्र हो यात्रा सुरु र अन्त्य दुबै
कही कतै भएको छैन ।}
जिबन सपना र फिनिक्सहरु
एउटै सपना बोक्छन
पुनर्जिबन को ।
पुन्र्परिभाषा कुरेका इतिहास
पुन प्रयोग हुन तयार समय जस्तो ।
*********************
फेरी फिनिक्सहरुलाई
बिउझाउनु छ -मृत्युशैया बाट् {सायद मर्दैनन}
एकपल्ट {मृत्यु स्वभाबिक हो}
र्
सिगार्नुपर्नेछ
सुन्दर मस्तिश्कलाई
केहि बेफ्वाँकका सिद्धान्त
फिलिङो झै -समय , क्रान्ती र मानबइतिहासका
अनि -जाती बर्ण र रङ्गका
अधुरा र एकोहोरो क्रुर -बिज भरेर
जिबितताको डङ्का पिटाउदै
गर्नु छ प्राणप्रतिस््ठा
कुनै मुल्ला पुजारी र पादरिबाट ।
***************

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...