Thursday, September 19, 2019

बाकसहरु

उहिले
धेरै धेरै मेरा पिता पुर्खा

मुग्लान झरे
पहाडहरुलाई छिचोलेर
सपना किन्न ।
फर्किदा खेरी
उनिहरु सँग आउथ्यो
प्यानासोनिक रेडियो घन्काउदै
देउरालिबाट गाँउतिर
काला टिनका बाकसहरुको
एक लस्कर ।
तेस्भित्र पुरै गाँउलाई पुग्ने
कोशेली ।
मुग्लानेको आफ्नै रबाफ थियो
अच्छा र लेकिन जस्ता नयाँ शब्द
उस्ले नै हो गाँउमा भित्रायको
मोटरमार चुरोटको धुवाँ
उडाँउदै
उ सुनाउथ्यो
अलौकिक मुग्लाने कथा ।
उस्का मुग्लान कथा
हाबा सँग
फैली जान्थे
चारगाँउ ।
कती
उतै हराउथे
कुनै चिठ्ठिपत्र आउदैन थियो ।
उस्का आफन्त हरु
कुनै मुग्लाने - देउरालिमा देख्ने बितिकै
पुगिहाल्थे कुँदेर
सोद्दथे एकै स्वासमा
-केहि खबर छ त हाम्रो कान्छाको ?
लेकिन मैले भेटिननी हौ
धेरै सोधी खोजी गरे
पर्देश को ठाँउ
पत्ता लागेन हो - काका ।
उत्तर दिन्थ्यो मुग्लाने ।
प्रत्यक क्षण
भञ्ज्याङ हेरी बस्थे आखाँहरु
समय बित्थ्यो
आखाँहरु सदाँको लागी चिम्लिजान्थे ।
तयार भईजान्थे
दोस्रो पुस्ताका आखाँहरु र
कुरी बस्थे मुग्लानेलाई ।
अहिले
मुग्लानको परिभासा फेरियो
सन्सारका सबै कुना नयाँ मुग्लान बन्यो ।
हिजो जस्तै आजपनी मुग्लान
पस्ने को लर्को उस्तै छ ।
हिजो थोरै रहर र बाध्यताको यात्रा
आज
सरकारनै मोलमोलाई गरिरहेछ
र बेच्दैछ
सस्तो श्रमिक श्रमबजारमा ।
हिजो जस्तै आज पनि
फर्किन्छन मुग्लानेहरु
बकासमा -बोकेर /भरियर
जिबन रित्तायर सपनाहरु किनिनसक्दै ।
आजभोलि
मुग्लाने
हबाईअड्डामा
निर्जिब फर्किन्छ बाकसहरुमा
हिजो पुरै गाँउकालागी
कोसेली बोक्ने बाकसमा
आज
आफै भरियर फर्कन्छ ।
समय बदलियो
स्थिती बदलियन
सपना बदलियन
परिबर्तन त केबल सत्तामा आयो
केहि मुट्ठिभर नेतामा आयो ।
जनता उहि लर्कोमा छन
सपना किन्न -मुग्लानको ।

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...