Thursday, May 31, 2018


                                                                    

                                                                      पहाडहरु


टुकु-टुकु आँगनमा हिड्ने हुदाँ
बा -परका काला पहाडहरुलाई
आफ्ना औंलाहरुले इन्कित गर्दै भन्नुहुन्थ्यो-
तँ- ति पहाडहरु जस्तो बन्नुपर्छ
धिर स्वाभिमानी
आमा  थप्नुहुन्थ्यो
हेर - समय अनुसार उस्ले सहन गर्ने प्रतिकुलताहरु
आगो , पानी , हुन्डरी अनि एस्तै एस्तै
तर पनि कती शान्त
हो ! तँ बन्नुपर्छ पहाडजस्तो -शान्त
तर मलाई कता कता नमज्जा लाग्थ्यो
पहाड बन्न्ने कुराले
भन्थे -छ्या
बन्नुछैन मलाई -एस्ता काला निर्जिब पहाडहरु 

*********** १************



अलि पछी
चौतारिको गफभित्र
मेला पर्म पर्बमा
मैले सुनिरहे
कुहिनो पहाडको युद्धको कुरा
सधै मान्छेहरु पहाडतर्फ हुन्थे
हास्थे एक कुटिल हाँसो
कुहिनोको त्यो दुस्साहास उपर ।

तेती खेर लाग्थ्यो
यी पहाडहरु युगतपस्बी हुन
महान बिराट छन
सभ्यता सँग युगको भाका बोल्छन
पनि
कती शान्त छन
सत्य छन सौम्य छन
तर पनि अहँ मलाई त्यो आभाले तान्न सकेन

************* २***************

मलाई थाहा थिएन

यि शान्त र सत्य मानिएका पहाडहरुपनी
आफ्नो स्वार्थको निम्ति
एक फिलिङोलाई निभाउन /दबाउन
गर्याल्मगुर्लुम ढल्छन भनेर
र असरल्ल छोड्छ्न
इतिहास भित्रका
अभिसिप्त कुन्ठाहरु
ईगोका पहाडहरु
र प्रतिधोनित गर्छन अल्टर इगोका इकोहरु
दुर दुर सम्म
फेरी फर्कन्छु  कुहिनो र पहाडको कथामा
तुलना गरे
ई कुईनाहरुलाई बर्बरिक सँग
अनी काला पहाडहरुलाई कुट कृष्ण सँग ।

त्यसैले एतिखेर
मेरा अगाडी
सबैभन्दा भयन्कर प्रश्नले उत्तर खोज्दैछ्न -
काला पहाडहरु
धैर्यता सहनशिलताको
पाठ घोकाउदै ,
सदियौ देखी
फरक बिचार राख्नेहरुलाई
कैद गरिराख्यौ
के अब
कोर्स अफ हिस्ट्री बदल्ने बेला भएन र ?
कि कुर्नु पर्नेछ सदियौ
  फेरी सुन्नुपर्नेछ
ति कुरुप 
पहाड कुहिनाका कथाहरु   
**************३****************

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...