Friday, September 18, 2015

हिहिउटी र याजिका आत्माहरु



एक सानो प्रयास गरेको छु केइ शब्द हरुलाई किरिमिरी कोर्ने । सबै पाठक अग्रज , अनुज र समकक्षी बाट रचनात्मक सुझाबको अपेक्षा गर्दछु । twitter @mepakribi


बेलुकाको आठ बजे। कक्षाकोठा बाट निस्केर म कलेजको कफिसप तिर बढ्दैछु दिउँसोभरको थकान मेटाउन। कक्षा सकिएपछिको कफिसपमा ब्यस्त हुन्छ। लामो लाईनमा म आफूलाई राख्छु। सुस्तरी भीड नियाल्छु। मभन्दा अगाडि एउटा आजङको मान्छे छ - झन्डै म भन्दा दोब्बर अग्लो, कुइन्टलको शरीर भएको। कालो बर्णको। गन्जी, हाफपाइन्ट अनि चप्पल लगाएको। निधारमा कालो चस्मा भिरेको। उ कफी अर्डर गर्दै थियो।  मेरो पछाडि एउटा केटी छे झन्डै मेरै कदकी। केही स्यामल वर्णकी। ठूला आँखा र कालो कपाल अनी थोरै मंगोलियन अनुहार। म सोच्दै छु यो पक्कै मेरै महादेश तिरकी होली। म कफी लिन्छु र नजिकैको बेन्चमा बस्छु। एकछिनपछि ऊ त्यही आउँछे र भन्छे -क्यान आइ हयाब अ सिट। अफकोर्स ह्वाई नट। थ्याङ्स भन्दै मुस्कुराएर ऊ बस्छे।

हाइ, आइ एम हिहिउटि। एति भन्दै म तिर हात तेर्साउँछे। दुई शब्दको आफ्नो परिचय पछि नाईस टु मिट यु भन्दै हात मिलाउँछु। उ ब्यागबाट थोरै कुकिज निकाल्छे। म पट्टी तेर्साउछे। मैले अस्वीकृतिमा टाउको हल्लाउँछु। उ कुकिज टोक्छे र कफीले निल्छे।
संवाद अघि बढाउन  म प्रश्न गर्छु - आर यु फ्रम एसिया? उस्को छोटो उत्तर- नो।
केइ समय उ बोल्दिन। दुई घुट्का कफिले फेरि कुकिज निलेपछि भन्छे - नेटिभ अमेरिकन। लिनियज अफ पिपुल बिफोर कोलम्बस्।
मेरो सोचाईको ठीक बिपरित। म तिल्मिलाउँछु एकछिन्।
मेरो कथा अलि लामो छ - सुन्छौ ? उ प्रश्न  गर्छे मलाई। हुन्छ - म भन्छु।
बर्ष: १४९४। कोलोराडो नदी किनाराको सानो बस्ती। ठयाक्कै स्पेनिक नाबिक  कोलम्बसको चौथो सामुन्द्रिक यात्राको २ वर्षपछी केही सेता मान्छेहरु हाम्रो कबिलामा आए। मध्य डिसेम्बरको एक बिहानी। उनीहरू सेता थिए र हामीभन्दा अग्ला पनि।  मेरा बुडा केजिकोनी सिकार खेल्न गएका थिए। छोरी सिसिका अरु बच्चाहरूसँग कविलाको पटाङिनिमा खेल्दै थिई। डरको बिचमा हामी मौन छौ। मध्यदिनमा सिकार  खेल्न गएकाहरु केही सिकार लिएर फर्के। केई बेर उनीहरू छलफलमा जुटे। केजीको चर्को आवाजमा उनीहरूलाई कुनै पनि हालतमा बस्न नदिने भनिराका थिए। उनी अरू कबिलालाई समाधिस्त गरेका, संस्कृति कुल्चेर आफ्नो हालिमुहाली गरेको दास बनाएको भन्दै थिए। कबिलाका मुखियाले एतिकैमा भने- आफ्नो सांस्कृतिक बैभव र सामाजिक मूल्यमा हामी चुक्न हुँदैन। तयारी गर स्वागतको। सबै मौन भए।
कुरा को बिचमा नै म पल्लो टेबल तिर हेर्छु, लाग्छ त्यो अजङको मानिस हाम्रै कुरा सुनिरहेको छ।
बेलुका स्वागतका लागि खाना तयार भयो। उनीहरुको खुट्टा पखालेपछि ,आसनमा  बसाई खाना खायौं। खाना खाईसकेपछि थोरै उन्मतिलो रसले स्वागत गर्‍यौ र हाम्रो सांस्कृतिक भुत नृत्य देखाउँदै कार्यक्रम समापन गरी सुत्ने प्रबन्ध मिलायौ।
समय बित्दै गयो। दुई बाट उनीहरू चार भए। कैले सबै फर्किन्थे कैले दश आठ्को समूहमा आउथे। आउँदा नयाँ नयाँ अजिवका समानहरु सँगै लिएर आउँथे। बिस्तारै उनीहरुले फिजाएका चमत्कारिक र जादुमय मिथकले समाजलाई सिङै निल्यो। हामी धेरैजस्तो आदिबासी मिथकको पछाडि कतै हरायौ।
करिब ६ महिना पछि मे को एक बिहान हाम्रो अस्तित्व सदाको लागि हरायो। त्यो बर्बर समय थियो। उनी यसो भन्दै गर्दा आखाँका कोशबाट आँसु चुहिरहेका थिए। उ मौन बसी केही समय, झोलाबाट टिस्सु पेपर निकाली र आँसु पुछी।
बिहान झिस्मिसेमानै सयौको घोडाचढी लस्करले हाम्रो कबिला घेर्यो। मुखियालाई आत्मसमर्पण गर्न भन्यो र बदलामा जीवन दिने कुरो गर्‍यो। आत्मसम्मानमा बसेका हामीलाई त्यो स्वीकार्य भएन। अनी एकछिनमा बस्ती उजाड भो। केजिलाई उनीहरुले काटे। प्राय सबै कबिलाका पुरुष सदस्य मारिए। चित्कारको बिचमा नारीहरुको अस्मिता लुटे र जिउँदै जलाए। उनीहरुले मेरी छोरी सिसिकाको बलत्कार पछि हत्या गरे आफ्नै आखाँ अगाडि। म अचेत भए।
केहि समयको मौनता पछि………
यती पछि पनि म किन बाचिरहेको छु थाहा छ तिमीलाई- छैन म भन्छु। समयको चक्रमा मेरो समय खोज्न।
 अर्को टेबलमा कफी पिउँदै गरेका ति अजङका मान्छे हाम्रो टेबलमा आउँछन्।
 हाई गाईज, क्यान आइ जोइन यु?
मैले केइ बोल्नु अघी नै हिहिउटी स्वीकृतिमा टाउको हल्लाउछे। म सँग पनि उन्को जस्तै कथा छ। म मौन छु। हिहिउटी सानो स्वोरमा भन्छे - हो, म महसुस गर्न सक्छु तिम्रो पीडा।
उनीहरु हात मिलाउँछन र म तिर हात बडाउँदै ऊ भन्छ - म याजी। अफ्रिकन अमेरिकन। दासताको साङ्लो छिनेको लामो समय पछि पनि स्वतन्त्र हुन नसकेको प्राणी। मेरा दस पुस्ताले आफ्नो रगत र पसिनाले यो भुमिलाई भिजाए। उनिहरुकै रगत र पसिनाको फलस्वरुप आज यो देश यहाँ छ। मलाई प्रत्येक सडक र गल्लिहरुबाट आफ्नो पुर्खाको पसिनाको गन्ध  आउँछ। तर पनि म गर्बका साथ भन्न सक्दिन कि यो मेरो मुलुक हो भनेर।
 किन ? म प्रश्न गर्छु। उ छोटो उत्तर दिन्छ -किनकी अझैपनि हामी दासनै छौ। समयले पाँच सतक काट्यो तर हामी जहाँको त्यही। उही हिजो पानी जहाँजमा चडेर आएका काला भूमीका दाशहरु।
दासता हटेको लामो समय भो। नीति र अक्षरहरु बिभेदकारी हुँदैनन तर प्रयोग र दृस्टिकोणमा - आकास पातालको फरक हुन्छ। अझै यो अमेरिकी समाज जड सन्किर्ण छ।दासता अझै पनि उही रुपमा छ फरक यती हो पहिले रगत पसिना चुकाउनुपर्थ्यो।  उ नोस्टाल्जिक भयो।
म प्रश्न तेर्साउँछु ? अनि अहिले ?
अहिले मानसिक दासता छ। केहिलाई छोड्ने हो भने अहिले पनि हाम्रो समुदाय असिक्षित नै छ। सबैभन्दा तल्लो स्तरको कार्यमा राखिन्छ हामीलाई। कुनै पनि संयन्त्रले सकेसम्म हामी सँग कुनै पनि ब्यवहार गर्ने नपरे जस्तो गर्छन। मानसिक रूपमा ठूलो बिभेद छ। अपमानित छौ।
युरोपिएन आप्रवासीहरूको बौधिक धारातल अझै पनि उपनिबेशकारी छ।अझै पनि एक थरी मान्छे छन जो खुल्लम खुल्ला यी अफ्रिकन अमेरिकनहरुल्लाई दासको रुपमा नै राख्नुपर्छ भन्ने मान्यता बोक्छन्। घरका अगाडि दासता चिनाउने झन्डा गाड्छन्। गाडीमा दासप्रथाको समर्थनमा रहेको सूचित गर्ने झन्डा हाल्छन्। सडक चोक र गल्लिहरुमा ओकल्ने बिभेद्कारी र अस्लिल शब्द। यहाँ प्रत्येक समय हामीले सहनसिलताको परीक्षा दिनुपर्छ। धेरै जसो सहिन्छ कहिले काही सकिदैन। अनि अपराध। फेरि पनि बद्नामी हाम्रै हुन्छ।
ऊ शान्त बस्छ एकछिन। म कुराको श्रृंखला अगाडि बढाउने आँट गर्दिन। केहि समयपछि ऊ मलाई प्रश्न गर्छ - अपमानित हुन किन आधा संसार फेरो मारेर यहाँ आईस?
 उसको प्रश्नले म झसङ हुन्छु।
म प्रतिप्रश्न गर्छु - किन अपमानित हुनु ? म त विद्यार्थी हुँ, केही सोधको लागि आएको ?
त अपमानित हुन्छस् हेर्दै जा।
किन ?
तेरो रङ/रहनसहन मिल्दैन यो समाजसँग त्यसैले।
कुनै छुट्टै ग्रहको मान्छे मान्छ तलाई यो समाजले। भखरै उडनतस्तरिबाट झरेको अजिबको प्राणी।
तेरो ब्यबहार अनौठो मान्छ यो समाज त्यसैले  ।
उस्ले अझै बोल्दै थियो   ……………………..
म कतै शून्यतामा हराइसकेको थिएँ। मेरो प्रारुप को कायापलटमा।
म अपमानित हुन यहाँ आएको होईन। बिल्कुल होईन। म बर्बराउदा बर्बराउदै बिउँझिन्छु। घडी हेर्छु बिहानीको चार। म  सपनाको फ्ल्यासब्याकमा छु, कोलम्बसका सँगै भित्रिएको उपनिवेशको नीति अगाडि निरिह बनेका हिहिउटिहरू। बलात्कृत सिसिका, नस्ल र रङको बिभेद खेपेका याजिहरू। रगत चुकाएर पनि स्वतन्त्रता नपाएका केजिकोनिहरु -भड्किरहेका अमेरिकी सडकमा।
रन्थनिएको टाउकामा अनेक प्रश्न उम्रिन्छन् उत्तरको आशामा। म बबुरो कसरी उत्तर दिऊ। सान्तवना दिन्छु आफूलाई, सपनाका हिहिउटी र याजिहरुलाई। समयक्रम्मा सबै ठीक हुन्छ। तर कसरी म सँग उत्तर छैन।
 अर्को रात फेरि उनीहरुले सोधे भने। आखिर कसरी?

प्रकाशित मिति: शनिबार, भाद्र १९, २०७२  (@ Global.setopati.com/Opinion)






http://global.setopati.com/opinion-blog/1051/



Sunday, September 6, 2015

म को हु ?

को हु ?
यही प्रश्न घुमिरहेछ
टाउकाका ओरिपरि
भु-उपग्रह केन्द्र घुमे जस्तै
इलेक्ट्रोनले न्युक्लियस
     (1)                         

समयको दौडमा
भित्र खाली छु
बाहिर रित्तिरहेछु
दुइ चार ग्याङ्लियन हरु
जिबितता देखाउन
बेला बखत्
केइ रसाएन निसृत गर्छन्
तेस्को नसामा
आफुलाई चिमोट्छु
स्नायुले सन्देश प्रसारित गरिदिन्छ
अनी  ढुक्क हुन्छु
मेरो केहि थोरै
जिबिततामा ।
   (2)

यो समयमा
शक्तिका लागि
आबह्वान गर्छु - प्रकृतिलाई
मेरी जननीलाई
आखिर किन
तिम्रो  यो सन्तान
अग्नी परिक्षा दिरहेछ -स्नायुको दौडमा
के तिमी चाहान्छेउ
प्रकृत पागल भको
अनी  तिमीलाई खोज्न तिमी बाट टाडा भएको
बरु मलाई दुइ-चार प्याला हेमलक देउ
निसन्कोच पिइदिन्छु
तर  यो-  रणसग्राममा
मलाई हराएर
स्नायुलाई  नजिताउ
     (3)

Sunday, August 16, 2015

उ अर्थात बन्दकर्ता

भर्खरै
ल्याम्पोस्टमुनि
एक आकृती सल्बलायो
म हेर्दैछु उस्लाई
मध्यम कद्
रातो फेटाले निधार कसेको
एक हातमा लठ्ठी र अर्कामा
दुइ- चार सर्को तानिएको चुरोट्
रातो गन्जी र
निलो पेन्ट्

बड्दै छ अगाडि
छोड्दै चप्पलका मृदु ध्वोनिहरु
उ अर्थात बन्दकर्ता । (1)

उ कुनै गल्लिको ढोका
ढक ढक्काउछ
लखतरान शरिर बोकेर
भूकम्पले चर्किएको घरभित्र
सुस्त छिर्छ
अनी
कतै हराउछ बन्दकर्ता । (2)

खोल्छ ताला
थिच्छ स्विच्
नियाल्छ आफ्नो साम्राज्य
असरल्ल छरिएका सामानहरु
धुवाँको बासी गन्ध्

आफ्नो अब्यबस्थित जिबन्
सोच्दै  छ - ब्यबस्थित गर्ने
तर कहिले
उ जान्दैन एस्को उत्तर ।(3)

पल्टिएर सोच्दैछ
देखेको /देखाइएको सपना
कलम छोडेर बन्दुक थामेको
मरेको /मारेको
शिर झुकेको/ झुकाइएको
युद्धा भुमीको चित्कार्

जिबनको धङधङी बाकी रहेको साथिलाई पुरेको क्षेण ।
एकैछिनमा
फ्यासब्याक मानसपटलमा । (4)

एउटै शैली
एउटै उदेश्य र नारा बोकेको
हामिहरु बिचको फरक्
क्रान्तीपछी उस्को कायापलट्
मेरो यथाइस्थिति
तर पनि म जस्ता हजारौको
नमरेको सपना । (5)

सम्झदैछ हिजो साझ्को मशाल जुलुस
उग्र नारा र साथिको हुङकार्
भाबबिहिन बन्छ र
मुसार्छ आफ्नो आङमा
बिस्तारै डामहरुलाई ।  (6)

बिहानै
एक कप कालो चिया पिएर
उ निस्कियो भाले बास्नु अघि
जिम्मेवारी सम्हाल्न
आफ्नो इलाकाको
दुइ- चार तोडफोड र नाराबाजि
अनी
थोरै दाल्मोड चिउरा
मध्यदिनको । (7)

प्रहरिको धरपकड्
पकृयका आफ्ना साथिहरु
मध्य चोकमा बसेर
उ पढ्छ मान्छे
एक एठन मनभित्र
लज्जा र हिनताको । (8)

बेलुकिपख
उ रिपोर्टिङ गर्छ मालिकलाई
 र
पस्छ कुनै भट्टी भित्र ।(9)

मध्यरातमा
उ सोध्छ आफुलाई
के सपना हरु फगत थिए ?
अनी  रगत नि ?
त्यो पनि फगत नै
उ चिच्याउछ
दुइ चार स्यालहरुले
राम्रै प्रपन्च गरे
श्रमजिबिका रगत र पसिनाले नुहाएर
सिंहदरबार छिर्ने । (10)













Saturday, December 6, 2014

बोझिलो रात

बोझिलो रात
चाँदनिको भट्टिबाट
लर्खराउदै निस्कन्छ
सडक किनारामा
उन्मुक्त भएर

फाटक खोल्छ गलाको
उन्मादी स्वरहरुमा कासन ठोक्न ।

एइ सुतेका मान्छेहरु
सुत ! सुत ! चिर निद्रामा सुत !
नबिउझिने गरी सुत !
किन उठ्नु छ तिमीलाई यहाँ
तिमी त चलेकै छौ
निमेशिय मृत्युमा पनि ।
सरकार त चलेकै छ
बेचेर आफैलाई भएपनी
त्यसैले
सुत ! सुत !  सुत !
मस्त निद्रा मा सुत !

किन जगाउ म तिमीहरुलाई
सुत्ने आनुबंसिक गुण बोक्नेहरुलाई
तिम्रा बा हरु सुते !
बा हरुका बा हरु सुते !
तीनका नि बा र बाजे हरु सुते !
त्यसैले सुत्ने बानी छ तिमीमा ।
सुत ! सुत !
मस्त निद्रा मा सुत !

अन्याय नदेख्ने आखाँ
चिम्लेर सुत !
बचाउको आबाज नसुन्ने कानहरु
बन्द गरेर सुत !
भोको पेटमा मालिकको गुणगाण गाउँने
मुख थुनेर सुत !
अगाडी नबड्ने ति खुट्टाहरुमा
जन्जिर बानेर सुत !
निकट भबिश्य पहिल्याउन नसक्ने
गिदी झिकेर सुत !
सुत ! सुत ! मस्त निद्रामा सुत !

कुनै रात
त्यही निद्रा बिचमा
तिम्रो नक्सा हराउछ ।
देश र झन्डा हराउछ ।
तिमी हराउछौ गोल भुगोलमा ।
बिहानिको मिर्मेरेमा
गिदी छिर्नु अगि टाउकोमा
तिम्रा अगडी  बर्धिधारी  हुनेछन
कुन्दा ले हान्नेछन तिमीलाई
तिम्रै अगाडी
बलात्कृत हुनेछन
तिम्रा आमा दीदी र बहिनिहरु
सुन सुन तेइ मृदुधोनी हरु
सायद  तेइ तिमीलाई प्यारो लाग्छ ।
सुत ! सुत !
मस्त निद्रामा सुत !

ओइ मान्छेहरु
म किन बर्बराउ मध्य रातमा
किन बिउझाउँ तिमीलाई
रक्सिको नशामा
मलाई के ?


कुनै दिन
तिम्रा सन्ततिले तिमीलाई सोध्नेछन
म को हुँ भनेर ?
मेरो देश कहाँ हो भेनेर ?
के उत्तर दिन्छौ तिमी
बिश्वमानचित्रमा कतै बिलायो भन्छौ
कि थोपर्छौ अरुको टाउकोमा
कि भन्छौ
म सुते , सुतिनै रहे
त्यसैले
म हराए
मेरो देश हरायो ।

Thursday, December 4, 2014

ओइ मान्छे

ओइ मान्छे
आउ यहाँ
खन्न एक खाडल
आफ्नो लागी ।

उठाउँ बेल्चा
चलाउ साबेल्
बगाउ पसिना
खन भुमी
बनाउ खाडल
लुकाउन आफुलाई ।


सत्य कि झुट
न्याय कि अन्याय
शोषक कि शोषित
धनी कि गरीब
काला कि गोरा
आउ मिलाउ हातहरु
खन्न  एक खाडल
आफ्नै लागी ।

ओइ  मान्छे
के अझै लाग्दैन तिमीलाई
खन्नु  पर्छ खाडल  भनेर
पृथ्वी को गर्भ मा पुर्नलाई
अन्यायका प्रतिमुर्तिहरु
शोषितका आशु र भोकहरु
गरीबका आङ र पेटहरु ।

 

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...