म
को हु ?
यही प्रश्न घुमिरहेछ
टाउकाका ओरिपरि
भु-उपग्रह केन्द्र घुमे
जस्तै
इलेक्ट्रोनले
न्युक्लियस ।
(1)
समयको दौडमा
म भित्र खाली छु
म बाहिर रित्तिरहेछु
दुइ चार ग्याङ्लियन
हरु
जिबितता देखाउन
बेला बखत्
केइ रसाएन निसृत गर्छन्
तेस्को नसामा
म आफुलाई चिमोट्छु
स्नायुले सन्देश प्रसारित गरिदिन्छ
अनी म
ढुक्क हुन्छु
मेरो केहि थोरै
जिबिततामा ।
(2)
यो समयमा
म शक्तिका लागि
आबह्वान गर्छु - प्रकृतिलाई
मेरी जननीलाई
आखिर किन
तिम्रो यो सन्तान
अग्नी परिक्षा दिरहेछ -स्नायुको
दौडमा ।
के तिमी चाहान्छेउ
म प्रकृत पागल भको
अनी तिमीलाई
खोज्न तिमी बाट
टाडा भएको ।
बरु मलाई दुइ-चार प्याला
हेमलक देउ
म निसन्कोच पिइदिन्छु
तर यो-
रणसग्राममा
मलाई हराएर
स्नायुलाई नजिताउ
।
(3)