Wednesday, June 10, 2020

गणितका नोटहरु


म उघार्दै छु -एउटा पुरानो ट्याङ्का
र खोज्दैछु
हाईस्कुल मा लेखेको
अङ्क गणित र बिजगणितका नोटकापिहरु
मलाई फेरी पढ्नु छ एकफेर
अनी हेर्नुछ
कहाँनेर छुटाए मैले पाठहरु भनेर
किनकी
आजकाल म
सरकारका कुनै हिसाब हरु बुझ्दिन ।
लाग्छ
सरकार कहाँ गलत हुन सक्छ र ?
गलत त म छु
नाथे- सरकारले गरेको हिसाब पनि नबुझ्ने ।
टाउको समात्दै
ट्यङ्काहरु खोलिरहेछु
र खोज्दैछु
जमानामा कोचेर राखेको
गणितका नोटहरु । { १ }

हुन त म
जिल्लाकै राम्रा गणित शिक्षकबाट
शिक्षा लिएको विद्यार्थी हु
चार भन्ज्याङ्ग पारी पनि उहाँको ख्याती थियो
तर पनि म किन यस्तो निस्के
सामान्य हिसाब नबुझ्ने ।
कमजोरी -न हिसाब देखाउने सरकारमा थियो ।
न मलाई गणितका आधारशुत्रहरु पढाउने
मेरा गुरुबर्गमा थियो ।
कमजोरी म मा थियो
साएद बुझिन मैले गणित
र पनि हल्लाईरहे टाउकाहरु । { २ }

सबै सबै नोटकापिहरु
पल्टाईसक्दा पनि
अह भेटिन मैले - खोजेको पाठ
साएद पढाईनै भएन कि ?
मैले लेखिन कि ?
मैले देखिन अरबमा कती ?
खरबमा कती ?
सुन्नाहरु हुन्छ भनेर पढेको पाठ । { ३ }


लाग्छ - कतीका पछी कती सुन्नाहरु आए भने
के के हुन्छ भनेर
सबै सबै पढाउन पर्छ स्कुलामा
बानी पार्दै गर्नु पर्छ
नत्र मै जस्तो
पुराना नोतकापी पल्टाएर
हिसाब बुझ्दैमा
समय सकिन सक्छ ।{ }

No comments:

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...