Wednesday, March 9, 2016

जोर्बा

युनिभर्सिटी छेउको अपार्ट्मेन्ट । युनिभर्सिटी सर्कल । दुइ तले अपार्टमेन्ट को भुइतल्ला । देब्रे पट्टिको कोठा न १५५ । रातको लग्भग एक बजे । उ  मौन छ । सोचिरहेछ अब के आउछ । १ कि ६ । कि अरु अन्कहाँरु । २-३-४-५ । एतिकैमा सानो गट्टी छोड्छ हातबाट । भुइमा पुग्नु अघी गट्टी दुइ चार पुर्ण  चक्कर काट्छ । निमेश भरको शान्त । गट्टिको अन्तिम घुमाई सँगइ उ चिच्याउछ - छक्का । चिच्याउदा  कान्मा सिउरेको चुरोट भुइमा बजारिछ ।

उ बोल्छ - ओइ माने लाईटर लेले । माने उर्फ मानबहादुर । खेल को अर्को खेलाडी । माने बिस्तारै खल्तिबाट लाईतर झिक्छ र भन्छ - लिनुस । उ चुरोट सल्काउछ । धुवँको एक सर्को उस्को फोक्सो लाई छोएर बाहिर निस्कन्छ । उ फेरी गट्टी समात्छ । बिस्तारै गट्टी लाई ओल्टाई पल्टाई गरेर हेर्छ । कुनै अन्क को आशमा सपना कोर्छ केइपल पछिको । मुठी कस्छ । र  फेरी गट्टी छोडछ । अन्क ले धोका दियो उस्लाई । उस्ले हात बजार्यो भुईमा र केहि बर्बर्‍यो ।

हात बजार्दा चुरोट भुइमा झर्यो ।

 दाइ तपाई पनी  चुरोट त राम्ररी समात्नुस ।

 नकरा न कैले काही भैहाल्छ नि ।  उ एति बोल्छ ।

 म खेल्को दर्शक दृगमा बसेर खेल हेर्दै छु । बिस्तारै पालो घुम्छ । र फेरी उस्को हातमा नै आइपुग्छ ।

यो नागपाशाको खेल हो । यहाँ सधै उच्चतम अन्क को आश गरिन्न । परिस्थिती हेरेर सम्भाबित अन्कको आशा गरिन्छ ।मिले बिजय नमिले पराजय ।यो सायद जिबन सिकाउने खेल हो लाग्छ ।  

******

बडो रस्साकस्सिको खेलमा उ हार्छ । केइ लबज निस्कन्छ मुखबाट । एउटा नबुजिने लिपी । अनि मौन बस्छ । ल पासा गूड नाइट - एउटा हात तेर्साउदै भन्छ । नजाउ न टिमी अइलेनै । उ बोल्छ । अब अर्को दिन खेल्ने हो पासा के भन्छौ ? उ प्रश्न तेर्साउछ ।

अर्को अर्को भन्ने त हो नि टिमिले , कैले धेरै बेर  खेल्ने हैन । उ बोल्छ । हैन पासा अर्को दिन भयङकर खेल्नु पर्छ । अर्को थप्छ । ल ल, चिया पिएर र त जाउ । उ भन्छ । चिया पनि अर्को दिन । अर्को बोल्छ । 

बिसतारै खेल उठ्यो । खेलाडी लाखा पाखा लागे । 

उ ताप्के बसाल्छ । ग्यास खोल्छ । १ कप पानी हाल्छ र २-३ चम्चा चिनि । कपमा थोरै कफी राख्छ । भक भक 
आबाज सँगइ पानी खन्याउछ कपमा  । ड्रअर बाट चुरोट झिक्छ । कफी कप समातेर बाहिर निस्कन्छ । पार्किङ लट अगाडिको पेटिमा बस्छ । ओठले चुरोट हल्का च्यापेको छ । एक हातमा कफिको कप । अर्को हातले छाम्छाम छुम्छुम गर्छ र लाईटर झिक्छ । लाईटर बाल्यो र चुरोट सल्कायो ।

जुनली रात मा उ मस्त छ । शहर सुतेको बेला उ जागा छ । सयौ बिचार हरु पलाउदै मर्दै छ्न उभित्र । चुरोट्को 

अन्तिम सर्को तानेर भुइमा मिल्काउछ । फेरी एक घुट्को कफी ।

*********

उ द्रुत छ । सानो फुर्सद्मा पनि भक्तपुर घुमाउछ आफुलाई । घुम्छ देबलहरु । साथी सङिलाई भन्छ - छु दु छिमियु: हालखबर ? आ न अथे:ये: ला । न्यकु: बुईउ न्ह्यपन: मलुला, अले गथे जुइ: मालले । उनिहरु उत्तर दिन्छन । हासो को फोहरा छुट्ट्छ ।

धिमेको मधुर ध्वोनी उस्को कानमा ठोकिन्छ । हाकुपटसिमा सजिएकी मैचा -उस्को कानमा फुस्फुसाउछे - अ: बाउचा, म्ह:फु ला । उ पनि खास्खुसे स्वोरमा नै भनिदिन्छ - म्ह:फु, छन्त लुमन्का: च्वोनौ। ए मैचा छला: जित: तस्कं: य:  । मैचा लाजले रातो हुन्छे र भन्छे- छौँ म्हक्से: जक जुइका: । उ मसक्क मस्किन्छ ।  आखिर  समय 
पनि त एक सपना हो । उ भन्छ । मैचा कतै हराउछे ।

उ सम्झन्छ – खेतका आलिहरुमा दौडेको । सकी नसकी भए पनि ढाकर को सन्तुलन मिलाउन खोजेको ।  अएला को सुरमा नाचेको । जात्रामा मैचा लाई जिस्काएको । रात बेरात दर्बार स्क्वाएर मा रुमल्लिएको । सिद्ध पोखरिमा पौडेको ।

रात भर उस्भित्र गणितका सुत्र हरु दोहरी खेल्छन । योग र बिग्रहको । कल्पना र यथार्तको ।  सोचाई दुरतामा 
पुग्छ । 

*********

चर्च बेला बेला मा घन्टा ठोक्छ । उ झस्किन्छ , ओहो म कहाँ छु । तर त्यो निमेशिय । अर्को एक चुरोट । छेउको सडकबाट एउटा गाडी हुइकियो । उ सोच्छ- उ यो पनि यती राती जिन्दगी खोज्न निस्कियो जस्तो छ । बिचरा नभेट्टाई मर्नेभो । हाबामा औंलाले काल्पनिक बृत बनाउछ । मन्द मुस्कान ।

के तेस्को कुरा । ह्या………………….. छोड एस्ता कुरा । हातले टाउकोमा प्याट्ट हान्छ । सान्तोना आफैलाई।

बिहानिको मिर्मेरेमा उ सामाजिक सन्जालका पाना पल्टाउछ । शुभ प्रभात लेखिएको एउटा पोस्टमा कमेन्ट गर्छ - लौ तिमीलाई पनि । उताबाट तत्काल रिप्लाई आउछ - अझै सुतेको छैन । उ लेख्दैन केहि ।

 बत्ती आफ्नो अस्तिवो गुमाउछ । उ सुत्छ ।

*****

म कैलेकाही उस्को साम्राज्यमा पुग्छु । 

के छ पासा खबर ?

माम्पाखा !!! टिमिपनी जैले एउटै प्रस्न गर्छ बा- के छ रे ? अनपेक्षित उत्तर आउनु स्वोभाबिक हुन्छ प्राय 

। म खिस्स हासिदिन्छु । 

चिया खान्छौ ? उ प्रश्न गर्छ । अब तपाईंले भनेपछी नखाने कुरा नै आउदैन नि । म भन्छु ।

मैले भन्यो भनेर  मन नलागी नलागी चै नखाउ । उ केइ रुखो बन्छ ।

अस्विकृती जनौन नि सिक न । कती भनु तिमीलाई ?

तेइ त जानिन नि । म थप्छु ।

उ चिया बसाल्छ र ड्रअर बाट चुरोट झिक्दै म तिर तेर्साउछ - लाउ सल्काउ ।

म हसिदिन्छु । चुरोट समात्छु र सल्काउछु । धुवाँ को एक गुम्बज हाबा मा मिसिन्छ । म प्रश्न गर्छु ? 

अनि के छ त योजना पासा आगामी दिनका ?  

उ ठटैठ्ट्टामा भनिदिन्छ – अँ, मलाई हावा बन्न मन छ -घोलिन मन छ यो बायुमन्डलमा र सर्बब्यापक हुन । पुग्न मन छ अन्तस्करण मान्छे हरुका र छाम्न मन छ मुटु हरु । गिजोल्न मन छ ति मुटुहरुलाई छुट्टाउन रङ । खोतल्न चाहन्छु रङका रहस्यहरु । राता, काला , पहेला , बैजनी , सुनौला रङहरु । र पोत्छु क्यान्भास । बग्न मन छ खोला जस्तै , लामो यात्रा त्यो समुन्द्र भेट्टाउन । मार्न डुबुल्की ,मोती झिक्न । बराबरी को हिसाब जो मिलाउनु छ नुन र रगतको । 

उ गम्भिरताको केन्द्रलाइ चुम्छ सहज शब्दहरुले । ध्वोनिको कम्पन इस्थिर छ ।

उ अजै थप्दैछ- 

सबै भएर पनि केइ छैन । केइ नभएर पनि सबै छ । किनकी मेरो शब्दकोशमा निशेध छैन बाहु ।

लाउ चिया । कप मेरो हातमा थमाउछ । ल हिड बाहिर -हेरौ प्रकृती चियाको चुस्की सङै ।

फेरी उहि सृन्खला प्रश्नहरुको र उस्का बोझिला उत्तरहरु ।

********

उ निस्फिक्री को नमुना हो,  मेल हो सहज बिचारहरुको । सुस्म भाबनाको पहाड । उ निशेधमा निशेध को 

समुन्द्र हो र त उ जिबन्त जोर्बा हो ।

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...