Saturday, March 15, 2014

राजमार्ग


लमतन्न परेर सुतेको

हिँउद, बर्खा, झरी

ओस र घाम खाएको

एक निरिह

आफ्नो शरीर भरी

खाल्टै  खाल्टा लियर

खन्डहर हुन लाग्दा पनि

अरुको बोझ बोक्न

तल्लिन राजमार्ग ।


अनाम राजमार्ग

अरु कसैबाट

दुई शब्द सापटी लिन्छ

र न्वारन गर्छ ।

पछाडि आफ्नो थर

झुन्डाउछ र गर्बले

नाक फुलाउछ । 

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...