Saturday, March 15, 2014

राजमार्ग


लमतन्न परेर सुतेको

हिँउद, बर्खा, झरी

ओस र घाम खाएको

एक निरिह

आफ्नो शरीर भरी

खाल्टै  खाल्टा लियर

खन्डहर हुन लाग्दा पनि

अरुको बोझ बोक्न

तल्लिन राजमार्ग ।


अनाम राजमार्ग

अरु कसैबाट

दुई शब्द सापटी लिन्छ

र न्वारन गर्छ ।

पछाडि आफ्नो थर

झुन्डाउछ र गर्बले

नाक फुलाउछ । 

Wednesday, January 22, 2014

चौघेरा


चारैतिर हुस्सुले ढाकेर
क्षितिज ओर सरेको बेला
बाक्लो हुस्सु बिचमा
आफ्नो चौघेरा भित्र पस्ने
बाँदर कुर्न
कुनै उज्यालो प्रकाशको सहयोग लीई
हुस्सु सँग घोलियको म ।



बाँदर बाँदर नै हो
सारा बिगरे पनि
यस्लाई चेत आउँदैन
कमजोर चेतना को छ
बनाउने कुरा नै जान्दैन
आगो को फिलिङो जस्तै
समाज खरानी बनाउन जान्छ
अनी
बिध्बशमा नै अझ गर्बिलो बन्छ ।
र्

आफ्नो समुह अगाडि गयर
जोर जोरका साथ
आफुले गरेको बिध्बशको गाथा सुनाउछ ।
आसे पासेहरुले जोड जोडका
थपडिले अनुमोदन गर्छन्
उु अझ प्रफुल्लित हुन्छ ।

बिध्बशलाई जारी राख्छ ।

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...