Monday, October 20, 2014

रात र सपनाहरु


प्रत्यक रात
हेम्लकको नशामा
अर्धचेतनामा
भयङ्कर सपनाहरुसँग
साक्षात्कार गर्दै
अधमरो निदाउछ
युवा ।



सपना बग्छे
समाजसँङ्ग
सस्कारसङ्ग
सम्बन्धसङ्ग
सरकारसङ्ग
अधोगतिमा ।


फुटछन् मनभित्र
अग्निसमायोगहरु
उम्लन्छ मन
पकाउछ मष्तिक र
खरानी पार्छ
केही संस्कारलाई
केही सम्बन्धलाई
केही समाजलाई
त्यसको
विकास र चेतनालाई

रोज्छ
त्यसभित्रको मृत्यु ।



निसास्सियर
भिमसेन कागज च्यापी
मध्यपुर्वको धुपमा
मलायाको जङ्गलमा
विसाउछ वोझिलो भाटा ।
एउटा अन्त र सुरुवाती
सपनाहरुको ।


त्यसैले त
प्रत्येक रात
एस्ट्रेमा
मिचिइन्छ ठुटो
कोमल हातहरुले र
सङ्गै मिचिन्छ
सुन्दर सपनाहरु
एउटा मृत समाज र
निभेको फिलिङ्गो ।
एउटा मृत विवेक
मृत बुद्धि र सिद्धान्त
सपनाको   ।
U

Thursday, October 16, 2014

पारुहाङहरु



पारुहाङ
एक श्रस्ठा नगरको
ब्यबस्थित समाजको ।
आपसी भाइचारा र
समन्यायको ।
श्रम सर्बाङ्गिण र
एकताको ।
नस्ल चेतना र
सुधारको ।
 (1)

त्यही नगर
त्यही चेतना र
समान्याय ।
एउटा शडयन्त्र
शक्तिका लागि
राज्यका लागी
एउटा नस्ल दबाउनका लागी ।
(2)

झिके म्यानबाट तरबार
बचाउन राज्य
बचाउन हुमति
चिर्न शडयन्त्र
एक युध
सेनापती पारुहाङ र
क्षेत्रीय सिपाहिको ।
दुइ नस्लको
दुइ चेतनाको ।
(3)

बिजय पछि
छैन हासो
छैन उमङ पारुहाङ्मा
मौन छन
गम्भिर छन ।
(4)

यता
हार पछि,बुनिन्छ
शड्यन्त्रको नया तानाबाना
बन्द दलानमा ।
कमजोर पार्न  तिमीलाई
खोजिन्छ मिथक
कल्पनाको  सिखरमा
मिथक नाच्छ तान्डब ।
रेखान्कित हुन्छ आकृती
बिरताको , सर्बश्रेष्ठताको
मिसाइन्छ हाबासँग

छरिन्छ ।
एउटा जादुमए मिथकले
निल्छ समाज र
तौलिइन्छ तिमीलाई
थपिन्छ पगरि
देबत्वोको र
कमजोर पारिन्छ तिमीलाई ।
(5)

सम्झ त
तिम्रा पर पुस्ताका पर पितालाई
कस्तो अन्याय
कत्रो अपमान
तर पनि शान्त
आखिर किन ?
के भुल थियो
सर्बश्रेष्ठ हुनु ?
की आर्जिनु ज्ञान
स्वयम परिक्ष्रमले   ।
खान्डहर किन हुन्छ जिबन ?
एक निमेशमै
एकै बाणिमै ।
किन ज्ञान तौलिइन्न ज्ञान सँग
सधै किन शडयन्त्र र जालझेल्
किन टेक्छ घुडा  ज्ञानको ?
शडयन्त्र आगाडी
अनी किन हार्छन
पारुहाङ्हरु यसरिनै
एक पछी अर्को गर्दै ।
(6)

शडयन्त्रका अगाडि
हार्छौ तिमी

सँगइ हार्छ एउटा राज्य
एउटा नस्ल
सिधान्त समान्यायको
तिम्रो लाशमाथी टेकेर
तिम्रै रगतले
लेख्छन इतिहाश
एक अमर योधा भनेर ।
एक बुद्ध भनेर
एक चिन्तक भनेर
राता अक्षरले

लुकाउछन तिमीलाई
ब्युत्क्रमको झोलामा
कुनै खातमा
नबुजिने लिपिमा ।
(7)

गणित रुन्छ
बत्तिश बाट तेतिसा नहुँदा
पारुहाङ हार्दा ।
  (8)
केइ दिनसम्म्
बगयो समाज
पखाल्यो तिम्रो स्मृति
तिम्रो कार्य
तिम्रै नगरले
बाध्यतामा
तरबार छिर्नु अगि
म्यानमा ।
(9)

त्यही चक्र
त्यही शडयन्त्र
फेरी उहि
शताब्दिऔ पछी
तिम्रा  पर सन्तानलाई
आखिर किन ? 
(10)

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...