Sunday, July 5, 2020

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके
आफ्ना पिठ्युमा र
हिडिरहे एक मृत्युको बाटो ।
जिबनको भारी
श्रमको पसिना
भोको पेट
बग्रेल्ती बाँच्ने सपनाको
कक्टेल पिएर ।
भेरी बगिरह्यो
समुन्द्र तिर नबराजहरु बोकेर
उस्ले सङ्सगै बगायो
मानबिय सम्बेदना र प्रेम ।
प्रेम हराएपछिको गाँउ रुखो हुन्छ
रुखो माटोमा रुखो मान्छेहरुनै फल्छन ।

{१ }


हजारौ माइलको यात्रा गरेर
घर फर्किरहे मजदुरहरु
के थाहा -
त्यो घर फर्किने सपनाका बिच
भोको पेटले साथ छोड्छ भनेर ।
बस हिडिरहे -अन्तिम स्वास सम्म
भोको पेट र रगतले लतपत पैतालाहरु बोकेर्
देशभित्र मृत्युबरण गर्न ।

{२ }

सिंहदरबारले सुर्यबहादुरको
अस्तित्व जान्दैन / नबराजहरु चिन्दैन
मलर सदा -अँह - चिन्दैन
अरु थुप्रै थुप्रै
आफ्नै नागरिकहरुलाई चिन्दैन सिंहदरबार ।
सुर्यबहादुरलाई सिंहदरबार थाहा छैन ।
सुर्यबहादुरका सुर्यहरु सडक पेटिमै झुल्किन्छन
अस्ताउछन सडकपेटिमै
सुर्यबहादुर जस्तै ।

{३ }

साँच्ची सुर्यबहादुरसँग नागरिकता छ कि छैन होला?
उ-यो देशकै नागरिक त हो नि ?
अरे सिंहदरबार - सुर्यबहादुरहरु लाई बाच्ने अधिकार छैन ?
ओ-शाशक!!!!
सुर्यबहादुर र अरु हजारौ सुर्यबहादुरहरु
यो देशका नागरिक हुन
उनिहरुलाई पनि त्यतिनै बाच्ने अधिकार छ
जती तिमीलाई छ ।

{४ }

Tuesday, June 30, 2020

क्यान्भास र समयहरु !

बसन्ती यौबनको समय
फुलहरुको मग्गमगाउदो जिबनी लेप
लाग्छ बाहिर हेरे
प्रकृती सकल मादक छिन
कुनै नबयौबना जस्तो
प्रत्यक बटुवाको स्मृतिमा बसेकी ।{……स्मृती अल्प हो...}
रङ्गहरुको समायोजनभित्र
बनेको कुनै बिख्यात चित्रकारको कालजयी क्यानभास जस्तो ।
कती शान्त छ समय
कती सुन्दर छ समय
आफुलाई आफुबाट निकालेर हेर्दिने हो भने ।
{………..सकिन्छ कि सकिन्न
यो अनुत्तरित प्रश्न हो
आफैभित्रको युद्धको
प्रोजेक्टेड दृस्टी उपर……} { १}


मसिहरु पोतिनुअघी क्यान्भास
मात्र एक खाली कागज हो ।
खिनाउरा औंलाहरुमा
पेन्टिङ्ग ब्रस समात्दा - क्या गज्जबको सुन्दर बिशाल चित्र थियो मश्तिस्कमा
शनै…… शनै……
ब्रसका स्ट्रोकहरुमा जिबन भर्दै
रङ्गहरुमा आफ्नै पसिना र रगत मिलाउदै
क्या फ्युजन गरेको थिए मैले
रङ्ग रगत र क्यानभासको
किनकी
मलाई बनाउनु थियो केबल एक चित्र ।
जो बाँचिरहोस -मृत्युपछी ग्रेभयार्डहरुमा । {२}


अन्जानमै निला रङ्गहरुको आकसमा
उडाएको थिए शान्तिका परेबाहरु
राता बिहानी सुर्यहरु उदाँउदै गर्दा ।
खै उडेर कता लागे
अन्जान समयभित्र भबिस्य खोज्न
या मरे या मारिए
क्रुर शिकारिका लालचले ।
{.......... लालच मान्छे भित्र मृत्युपछी पनि रहन्छ ..}
अ मैले धबल शिखरहरु कोरेको थिए
सुनौला सुनौला
क्या मनमोहक थिए -
त्यो हिमाल जस्तै अग्ला सपना नदेख्नेले त्यो सुन्दरता महशुस गर्न सक्दैन ।
सबै सबै निर्जन पथहरु
रेगिस्तान र बर्फिला पहाडहरु
आफै आफै बनेका थिए -रङ्गहरुभित्र । {३}


मैले मन्दिरहरु बनाईन
मन्दिरभित्र ढुङ्गा बस्छन
मैले सुनेको छैन अहिलेसम्म
ढुङ्गाहरु बोलेको
म त बाचाल देबतामा बिश्वास गर्छु ।
शृस्टी समयभित्रको इतिहासमा
मेरो म {..यो आफैमा एक ज्याद्रो भ्रम हो.. }
का सुन्दर अकन्टक प्रेमका देबतहरुमा
साएद यो सृस्टिप्रतिको एक लगाब हो
अनन्त प्रेम हो । {४}


यो क्यानभास मलाई सुन्दर लाग्छ
डालिका एब्स्ट्याक आर्टभन्दा
भ्यानगगको मेन्टल असाईलमको पोर्ट्रेट भन्दा
रेम्ब्रान्टका भिज्युएल आर्टभन्दा ।
तँपाई असहमत हुन सक्नुहुन्छ
आफ्नै जिबनी न्यारेटिभलाई सुन्दर भनेर
हजारौ पटक भन्नुस
म मान्न तयार छैन ।
किनकी -यो पोर्ट्रेट मेरो मश्तिस्कको उपज हो ।
जो सधै बिद्रोह गरिरह्यो -आफैसङ्ग ।
र मलाई आफै भित्रको बिद्रोह
सुन्दर लाग्छ । {५}

Sunday, June 14, 2020

समर्थन र बिरोधको गणित


समर्थन बिरोध र गाली
एकै एकै साथ गर्न सक्ने
म र हामिहरु
बढो अच्चमका छौ ।
खै - कुन्नी के ले गर्दा हो
दुई चार शब्दमै पग्लिदिन्छौ
इतिहास बिर्सेर
भबिस्य नसोचेरै
कती चन्चल हुन्छन हातहरु
खादा माला र उपाधी दिनलाई । {१}



लाग्छ
हामिहरु मिल्ने भए
आफ्नै हत्याराको समर्थनमा
मुर्दाघरबाट निस्केर
गर्थ्यौ होला आन्दोलन सडकहरुमा
या
आफ्नै बल्दै गरेको चितामा
आगोलाई -एकछिन पख भनेर
निस्किन्थ्यौ होला ।
बस हामिलाई कसैले
मात्र - अगालो मारेर साथी भनिदियोस
दुई चार चोटी थप्थपाइदियोस हाम्रो ढाँड्
प्रशम्साका दुई चार गुलिया शब्द भनिदियोस
हामी मृत्यु पछी पनि
उस्का लागी फर्किन सक्छौ
मुर्दाघर र बल्दै गरेको चिताबाट
आफ्नै हत्यारा भएपनी ।
त्यतिनै काफी छ - इतिहास भुल्नलाई ।{२}




हामी बढो रोमान्चक र रसिक छौ
समर्थन र बिरोधको कलामा
त्यसैले त
प्रत्यक रातहरु
सपनाका बिच
नयाँ नयाँ क्यारेक्टरहरु पैदा गर्छ
र सुर्य उदाउनु अघिनै
शङ्खघोष भैसकेको हुन्छ
एक युद्ध पक्ष बिपक्षको ।
हाम्रा प्रत्यक बिहानिहरु कसैको समर्थनमा ब्युझिन्छ
र साझहरु
कसैको बिरोधमा अन्धकारभित्र बिलाई जान्छ । {३}



हजुर
तँपाई
तिमी
तँ
केबल आक्रोशको
क्षणिकताको
आग्रह पुर्बाग्रहको
युद्द गर्छौ
बुझ्न नचाहेरै
प्रत्यक प्रत्यक
दिन
हप्ता
महिना
बर्ष र जिबनहरु
नबुझेरै ।{४}
***यो आफै प्रतिको एक ब्यङ्ग हो ।

Wednesday, June 10, 2020

Under the Shadow


Centuries passed
generations of generations vanished
but the idea of color race
and so-called - superiority still exist
People still -look for a mythical character
which will march for them
or Sparta will fight for them.

Every time movement rises
against any brutality
I fell like
a child - holding a huge cotton candy
on his/her hand
firm determination - it will be the last uprising
but the drip of authority
suddenly falls on the candy
loses its identity, shattered apart
just a matter of time
and
there will be a long long silence before
a young boy/girl stood up again
with a huge loft of cotton candy
to march again the path.
Peoples are the slaves
of demonic view
buttressed long in the psyche
carved and shaped for centuries
passed through the genetic line.
It's not the Race
Color, ethnicity or religion
That makes people demonic
to spell out the satanic verse
hate speech crime and abuse.
It's only the individual
who always take it to a different level
exaggerating and brainwashing the groups.
creating chaos
in the shed of blanketed ideas.

Dear Friend,
It's hard to breathe under the shadow of
color, caste, race, and religion.
it's you who make the difference
stand up -raise your voice
or
accept all and be the slaves of social idea
live like you never existed.
as you never lived
the idea of death doesn't come to play.

गणितका नोटहरु


म उघार्दै छु -एउटा पुरानो ट्याङ्का
र खोज्दैछु
हाईस्कुल मा लेखेको
अङ्क गणित र बिजगणितका नोटकापिहरु
मलाई फेरी पढ्नु छ एकफेर
अनी हेर्नुछ
कहाँनेर छुटाए मैले पाठहरु भनेर
किनकी
आजकाल म
सरकारका कुनै हिसाब हरु बुझ्दिन ।
लाग्छ
सरकार कहाँ गलत हुन सक्छ र ?
गलत त म छु
नाथे- सरकारले गरेको हिसाब पनि नबुझ्ने ।
टाउको समात्दै
ट्यङ्काहरु खोलिरहेछु
र खोज्दैछु
जमानामा कोचेर राखेको
गणितका नोटहरु । { १ }

हुन त म
जिल्लाकै राम्रा गणित शिक्षकबाट
शिक्षा लिएको विद्यार्थी हु
चार भन्ज्याङ्ग पारी पनि उहाँको ख्याती थियो
तर पनि म किन यस्तो निस्के
सामान्य हिसाब नबुझ्ने ।
कमजोरी -न हिसाब देखाउने सरकारमा थियो ।
न मलाई गणितका आधारशुत्रहरु पढाउने
मेरा गुरुबर्गमा थियो ।
कमजोरी म मा थियो
साएद बुझिन मैले गणित
र पनि हल्लाईरहे टाउकाहरु । { २ }

सबै सबै नोटकापिहरु
पल्टाईसक्दा पनि
अह भेटिन मैले - खोजेको पाठ
साएद पढाईनै भएन कि ?
मैले लेखिन कि ?
मैले देखिन अरबमा कती ?
खरबमा कती ?
सुन्नाहरु हुन्छ भनेर पढेको पाठ । { ३ }


लाग्छ - कतीका पछी कती सुन्नाहरु आए भने
के के हुन्छ भनेर
सबै सबै पढाउन पर्छ स्कुलामा
बानी पार्दै गर्नु पर्छ
नत्र मै जस्तो
पुराना नोतकापी पल्टाएर
हिसाब बुझ्दैमा
समय सकिन सक्छ ।{ }

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...