समर्थन बिरोध र गाली
एकै एकै साथ गर्न सक्ने
म र हामिहरु
बढो अच्चमका छौ ।
खै - कुन्नी के ले गर्दा हो
दुई चार शब्दमै पग्लिदिन्छौ
इतिहास बिर्सेर
भबिस्य नसोचेरै
कती चन्चल हुन्छन हातहरु
खादा माला र उपाधी दिनलाई । {१}
लाग्छ
हामिहरु मिल्ने भए
आफ्नै हत्याराको समर्थनमा
मुर्दाघरबाट निस्केर
गर्थ्यौ होला आन्दोलन सडकहरुमा
या
आफ्नै बल्दै गरेको चितामा
आगोलाई -एकछिन पख भनेर
निस्किन्थ्यौ होला ।
बस हामिलाई कसैले
मात्र - अगालो मारेर साथी भनिदियोस
दुई चार चोटी थप्थपाइदियोस हाम्रो ढाँड्
र
प्रशम्साका दुई चार गुलिया शब्द भनिदियोस
हामी मृत्यु पछी पनि
उस्का लागी फर्किन सक्छौ
मुर्दाघर र बल्दै गरेको चिताबाट
आफ्नै हत्यारा भएपनी ।
त्यतिनै काफी छ - इतिहास भुल्नलाई ।{२}
हामी बढो रोमान्चक र रसिक छौ
समर्थन र बिरोधको कलामा
त्यसैले त
प्रत्यक रातहरु
सपनाका बिच
नयाँ नयाँ क्यारेक्टरहरु पैदा गर्छ
र सुर्य उदाउनु अघिनै
शङ्खघोष भैसकेको हुन्छ
एक युद्ध पक्ष बिपक्षको ।
हाम्रा प्रत्यक बिहानिहरु कसैको समर्थनमा ब्युझिन्छ
र साझहरु
कसैको बिरोधमा अन्धकारभित्र बिलाई जान्छ । {३}
हजुर
तँपाई
तिमी
तँ
म
केबल आक्रोशको
क्षणिकताको
आग्रह पुर्बाग्रहको
युद्द गर्छौ
बुझ्न नचाहेरै
प्रत्यक प्रत्यक
दिन
हप्ता
महिना
बर्ष र जिबनहरु
नबुझेरै ।{४}
***यो आफै प्रतिको एक ब्यङ्ग हो ।
No comments:
Post a Comment