पहाडहरु
म
टुकु-टुकु आँगनमा हिड्ने
हुदाँ
बा
-परका काला पहाडहरुलाई
आफ्ना
औंलाहरुले इन्कित गर्दै भन्नुहुन्थ्यो-
तँ-
ति पहाडहरु जस्तो बन्नुपर्छ ।
धिर
र स्वाभिमानी ।
आमा थप्नुहुन्थ्यो
हेर
त- समय अनुसार उस्ले
सहन गर्ने प्रतिकुलताहरु
आगो
, पानी , हुन्डरी अनि एस्तै एस्तै
तर पनि कती शान्त
हो !
तँ बन्नुपर्छ पहाडजस्तो -शान्त ।
तर मलाई कता कता
नमज्जा लाग्थ्यो
पहाड
बन्न्ने कुराले
र भन्थे -छ्या
बन्नुछैन मलाई
-एस्ता काला निर्जिब पहाडहरु ।
***********
१************
अलि
पछी
चौतारिको
गफभित्र
मेला
पर्म र पर्बमा
मैले
सुनिरहे
कुहिनो
र पहाडको युद्धको कुरा
सधै
मान्छेहरु पहाडतर्फ हुन्थे
र हास्थे एक कुटिल हाँसो
कुहिनोको
त्यो दुस्साहास उपर ।
तेती
खेर लाग्थ्यो
यी पहाडहरु युगतपस्बी हुन
महान
र बिराट छन ।
सभ्यता
सँग युगको भाका बोल्छन
र पनि
कती
शान्त छन
सत्य
छन सौम्य छन
तर पनि अहँ मलाई
त्यो आभाले तान्न सकेन ।
*************
२***************
मलाई थाहा थिएन
यि शान्त र
सत्य मानिएका पहाडहरुपनी
आफ्नो स्वार्थको
निम्ति
एक फिलिङोलाई
निभाउन /दबाउन
गर्याल्मगुर्लुम
ढल्छन भनेर
र असरल्ल छोड्छ्न
इतिहास भित्रका
अभिसिप्त कुन्ठाहरु
ईगोका पहाडहरु
र प्रतिधोनित
गर्छन अल्टर इगोका इकोहरु
दुर दुर सम्म
र
फेरी फर्कन्छु कुहिनो र पहाडको कथामा
तुलना गरे
ई कुईनाहरुलाई
बर्बरिक सँग
अनी काला पहाडहरुलाई
कुट कृष्ण सँग ।
त्यसैले
एतिखेर
मेरा
अगाडी
सबैभन्दा
भयन्कर प्रश्नले उत्तर खोज्दैछ्न -
ए काला पहाडहरु
धैर्यता
र सहनशिलताको
पाठ
घोकाउदै ,
सदियौ
देखी
फरक
बिचार राख्नेहरुलाई
कैद
गरिराख्यौ
के अब
कोर्स
अफ हिस्ट्री बदल्ने बेला भएन र ?
कि कुर्नु पर्नेछ सदियौ
र फेरी
सुन्नुपर्नेछ
ति कुरुप
पहाड
र कुहिनाका कथाहरु ।
**************३****************