गुम्बा नजिकको चिया पसल । बुद्ध का शान्ती सन्देशहरुको एउटा कोलाहाल छ । छुटाउन नसकिने गरी मिसियका ध्बनी तरङगहरु । सिर खौरेका हातमा माला घुमाउुदै मन्त्र उच्चारण गरिरहेका पित भिक्छुहरु ।यस्तै कोलाहाल को छेउमा रहेको चिया पसलमा एउटा छेस्को र म सँगई चिया पिउदै छौ । चिया को सुरुप सुरुप को आबाज गाढा छ । धुवा उुडदैछ , धुलो झर्दैछ । दुबै मौन । मौनता को बिचमानै छेस्कोले मुख खोल्छ ।
आफ्नो आबरण हेरेको छ्स ?
उु रोकिन्छ ।
फेरी केइ समयपछी बोल्छ - केही मा सुहाउने पनि छैनस ।
म मौन छु ।प्रतिकृया बिहिन ।
केही समयपछी अनी त नि ? म मुख खोल्छु ।
उु मौन बस्छ ।
मौनता कै बिचमा मा खल्ती छामे । चानचुन केही पैसा निकाले । दाई पैसा, यती भने । उु सँग हात मिलाउछु मौनतामै । हामी अगाडि बड्छौ । दुई फरक दिशा अगालछौ । बाटा भरी आफ्नो आबरणको कल्पना गरे । साचै यो अबरण के हो ? अनी म कस्तो देखिन्छु होला । के तेसले भनेको जस्तो बेढंगको छु त ।
कोठा कती खेर पुगे थाहा नै भयन । ऐना को अगाडि आफुलाई उभ्याय । ऐना एउटा बस्तु जस्ले उतार्छ आफ्नो स्वरूप जस्ताको तस्तै । हेरी रहे । फरक फर्क फरक आकृतिहरु चल्मलाय । कहिले शान्त र सौम्य को आभस भयो । लाग्यो कुनै योगिको जस्तो शान्त स्थिर प्राय आँखा । आँखाको झिम्काइ सँग त्यो कतै बिलायो । आँखा झिम्काइ सँग पृथ्वी घुम्यो । अघिको योगिको मुखाक्रिती बिग्रिदै गयर एउटा भयानक राक्षसमा परिवर्तन भयो । सोच्न नसकिने गरी परिवर्तन हुन थाल्यो । डार्विन का पुस्ता सम्म पुगियो । आकृतिहरु यक्पछी अको गर्दै चल्मलाई रह्यो सतहमा ।
आबरणको घनले मस्तिस्कलाई लगातार प्रहार गरिरह्यो । उत्तर को खोजिमा । साच्चै यो आबरण के हो ? टाउकोमा आबरणको अर्थ छ कि खोतल खातल गरे । पाईन । नजिकै लडिराखेको शब्दकोश पल्टाय । उत्तर मिल्यो - कुनै पनि चिज या बस्तुको बाहिरी बनाबाट जो सन्दौर्य सुचक हुन्छ ।अर्थ को प्राप्ती पछी म छेस्काको आबरणलाई जोडदार रुपमा घोल्छु र छोडछु ।केही समय पछी थिग्रिन्छ । थिग्रिसकेपछिको छानेको छेस्काको आबरण यस्तो हुन्छ ।
उचाईमा मध्यम तर म भन्दा चानचुन दुई इन्च अग्लो । उठेको र कपालले स्थान छोडि आफ्नो क्षेत्र बिस्तार् गरेको निधार । गहिरा आँखा ।केही सुनियका र काला आँखाका डिलहरु । शायद मध्य रात सम्मको अनिन्ध्राले होला । गोलो अनुहार को बिचमा इज्जतिलो नाक । श्यामल बर्ण को भयपनी मन्द मुस्कुराइरहने ।
के आबरण सत्य हो ? नत्र मेरो आबरण उपर किन यती धेरै खिसिटिउरी हुन्छ । कि यो सोच्ने मस्तिस्क सत्य हो । कि टाउका पिछ्यका सत्य । कि दुबै झुट ? सत्यता को रङ पोतियका असत्य र भ्रमका पाठ त होइनन । गम खायर बस्दै छु । आखिर के हो ? केन्द्रै बोल्छ , समाधान दिन्छ । बाहिरी सतह नै हो गुदि केन्द्र नै हो ।सतहको भेद गर्ने दृष्टि केन्द्र नै बनाउछ ।
मस्तिस्क भित्र रहेको अर्को मस्तिस्कले आबरणलाई घच्घचाउछ । गुजुल्टा का गुजुल्टा स्नायुहरुमा झन्कार पैदा गर्छ । स्नायुहरुले खुटाउन नसकेको गन्जागोललाई दृष्टिको पर्दाले जालझेलतिर उन्मुख गराउछ । सत्य र असत्य को भेद पाइदैन । सत्य सत्यनै भयो असत्यपनी सत्यतातिर लम्किरहेको भान पर्छ । दुई मस्तिस्क बिच्को लडाईंमा असङख्य बिकार हरु पैदा गर्छ । बिकार को बिचमानै मान्छे रुमलिन्छ कुहिरोको काग जसरी ।
आबरण सत्य कि गुदि ? यो प्रश्न अनुतरित नै छ । साधारण प्राय बुझाईमा आबरण सत्यको पर्दा हुन्छ । एउटा पर्दा जो आँफैमा असत्य र झुटको गर्वमा हुर्केको हुन्छ। आपको आबरणले आपको गुदिलाई बचाउछ । अझ भनौ त्याभित्रको अर्को आफु बन्ने शक्तिलाई बचाउछ । तर आबरण महानताको कथा लेखिन्छ । असङख्य रेखाहरु कोरिन्छ । खिनाउरा कलम झन खीइन्छ । आबरण सत्यता लेख्दा लेख्दै । मन नलागी नलागी लेखियका आबरण सत्यका बङाटिङा अक्षेरहरु । आबरणले भरियका खोस्टाका चा\ङहरु ।
गुदि सत्य नि । आम् बुझाईमा गुदि सत्य हुँदैन गुदि दृष्टिगत छैन । असङख्य आबरण भित्र लुकाइराख्छ आफुलाई । लाग्छ संसारले खोजी गरिराखेको खुन्खार अपराधी हो । गुदि समाजमा असरल्ल छोडदैन आफ्नो अस्तिस्त्वो । नत्र गुदि र आबरण को कुनै भेद नै भयन नि । धुजा धुजा भयको फोहोरी आबरणभित्र आफ्नो गुदि बाचाउछ । सुन्दर दिन को लागि । हिलोमा फुल्ने सुन्दर कमल जस्तो । गुदि फक्रन्छ असामाजिक र काठओर बाताबरणमा । सोचाइ को बिन्दुको अन्त्य पछी ।अनैतीकअ, असुन्दर र क्रुर दिनमा पनि शान्त बस्छ । मौनत साधना गर्छ। जाडोको कोइली जस्तो । बसन्तको शैशबी दिनमा नै न्रित्य गर्दैन । गीत गौउदैन । क्षिणिक बसन्तमा गीत को के मज्जा, न्रित्य को के आनन्द । प्रौढ बसन्तको दिनमा आफ्नो यौबनता फर्काउछ । डर ले जरो गाडेको हुन्छ । पर्खन्छ । प्रौढतासम्म । आबरणको पत्र द्वरा गुदि श्रीजना हुन्छ। या गुदि को ठोसताले आबरणको आकार लिन्छ । या दुबै सँगसँगनै हुन्छ । आबरणभित्र को मस्तिस्क या मस्तिस्क बाहिरको आबरण ।
सामाजिक सम्रचनागत सिकाई , तेस भित्रको ब्यबहार र प्राकृतिक पाठशालाले गुदि निर्माण गर्छ । निर्माणधिन गुदि माथि लेप लगाउने काम कागजी ज्ञानले थपे जस्तो गर्छ । मानिस हरु सँगको संगत उनिहरुको फरक बिचार र सस्क्रिती र बादबीबादले गुदिलाई ठोसताको आकारमा ल्याउन सघाउछ । आबरण चाहेर या नचाहेर पनि स्वोभाबिक तरिकाले बिकास हुन्छ । प्रकृतिको नियम उलङघन गर्दैन । श्वेत या श्याम रङको प्रयोग गर्दै आफ्नो मसिनो कुचि चलाऊछ क्यानभास्मा । रङहरुको धेरी प्रयोग गर्दैन । केबल दुई रङ लीएर मिश्रन तयार गर्छ । त्यसमाथि पुर्खाबाट आयको आनुबम्शिक गुणले रङहरुको उुचित सयोजन मिलाउछ ।
यी भिन्न आबरण र गुदिलाई जब यकै ठाउमा मिसाइन्छ । रङहरुको सम्योजन अजिब किशिम ले हुन्छ । मान्छे पूर्ण आबरणको नि बन्दैन न त पूर्ण गुदिको । कतै कतै दुबइ गुण मिसिन्छ र नयाँ गुण को बिकास हुन्छ ।नबिन गुण भनेको दनदात्म्कता हो । गुदि भित्रको असङख्य बिचारको संघर्श । हेरेको एउटा हुन्छ भोगाइमा आर्कै । बिचारको लामो संघर्श चल्छ आबरण गुदि आबरण गुदि गुदि आबरण गुदि गुदि गुदि आबरण आबरण आबरण आबरण आबरण ...............................................................