६०-६२ शालतिर म मंगलबजारको कुनै गल्ली भित्र बस्थे । कुनै घरपेटिको घरमा । उन्कै सम्झनामा - एक कोलाज्,ती दिनका र उनको पोर्ट्रेट ।
५० औ बर्षमा आफ्नो उमेर्को
पाइलाहरु राख्दै गरेको
ब्यथितिले थिचियर , मिचियर
असह्य पिडाहरुको बिचमा
अढाइसय हड्डिहरु लियर
यउटा माम्सपिन्ड स्वचालित भइरहेको
नकोरियको कपाल, झुस्स दारी
थेप्चो नाक र अग्लो कद लियर
निगार पियुदै
मेरो घरभेटी
(1)
सगरमाथा झै उठेको उस्को टोपी
सागर झै गडेको उस्को गाला
सृस्टि र प्रलयको
चक्र देखेको उस्को नयन
ब्ञजनी जिब्रो र
शिल्पी हात
धर्तिलाई चुम्बन गरेको
उस्को पाउहरु
मानौ उु पूर्ण,
१ अलिखित ईतिहास हो
मेरो घरबेटी
(2)
प्रत्यक सालको महङीले थिचियर
कुप्रो परेको उस्को ढाड
बजेट भाषाण सँग बड्ने उस्को तापमान
अनी
लिपी हरायको बर्बराहट
रक्सिको नशामा चुर भयर
भुत र भबिश्यकोदर्शन हाक्दै
चुक पाक्दै गर्दाकोसमयबोध जसरी
बिस्तारि कुराको उठान अनी बैठान गर्ने
मेरो घरबेटी
(3)
अत्याधिक तापसङै
बिस्तारि उठ्ने फोका सरि
रक्सिको नशामा
आफ्नो ब्यदनाको
भुतका रोदन र पिडाको
प्रेतात्मको पोको
जेनतेन जोगाइराखेको
आफ्नो
मौलिकता गुमाउनेदिनको पर्खाइमा
यक्लो चौतारीमा बसेको
मेरो घरबेटी
(4)
बिदेशियका सन्तान
र
मरेकी श्रीमतीको यादमा
अहोरात्र यकन्त साधन गर्दै
प्रतकक्ष्य साक्षात्कार गर्ने
अभिलाषामाकुनै अस्त्र बनाउन
आफ्नो हड्डिहरु घोटिरहेको
मेरो घरभेटी
(5)