सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके
आफ्ना पिठ्युमा र
हिडिरहे एक मृत्युको बाटो ।
जिबनको भारी
श्रमको पसिना
भोको पेट
र
बग्रेल्ती बाँच्ने सपनाको
कक्टेल पिएर ।
भेरी बगिरह्यो
समुन्द्र तिर नबराजहरु बोकेर
उस्ले सङ्सगै बगायो
मानबिय सम्बेदना र प्रेम ।
प्रेम हराएपछिको गाँउ रुखो हुन्छ
रुखो माटोमा रुखो मान्छेहरुनै फल्छन ।
{१ }
हजारौ माइलको यात्रा गरेर
घर फर्किरहे मजदुरहरु
के थाहा -
त्यो घर फर्किने सपनाका बिच
भोको पेटले साथ छोड्छ भनेर ।
बस हिडिरहे -अन्तिम स्वास सम्म
भोको पेट र रगतले लतपत पैतालाहरु बोकेर्
देशभित्र मृत्युबरण गर्न ।
{२ }
सिंहदरबारले सुर्यबहादुरको
अस्तित्व जान्दैन / नबराजहरु चिन्दैन
मलर सदा -अँह - चिन्दैन
अरु थुप्रै थुप्रै
आफ्नै नागरिकहरुलाई चिन्दैन सिंहदरबार ।
सुर्यबहादुरलाई सिंहदरबार थाहा छैन ।
सुर्यबहादुरका सुर्यहरु सडक पेटिमै झुल्किन्छन
र
अस्ताउछन सडकपेटिमै
सुर्यबहादुर जस्तै ।
{३ }
अ साँच्ची सुर्यबहादुरसँग नागरिकता छ कि छैन होला?
उ-यो देशकै नागरिक त हो नि ?
अरे ओ सिंहदरबार - सुर्यबहादुरहरु लाई बाच्ने अधिकार छैन ?
ओ-शाशक!!!!
सुर्यबहादुर र अरु हजारौ सुर्यबहादुरहरु
यो देशका नागरिक हुन
उनिहरुलाई पनि त्यतिनै बाच्ने अधिकार छ
जती तिमीलाई छ ।
{४ }