Tuesday, September 11, 2018

घर फर्केका रातहरु

सुर्य पस्चिमी क्षितिजमा ढल्कनु पूर्वनै
मनहरु, मस्तिस्कहरु
पोको पार्छन केहि सम्झनाहरु
केहि थान अतृप्त सपनाहरु
र हुत्याईदिन्छन
रुकस्याक भित्र
एक यात्रा गर्न

साँझ परेपछि
कुनै मृत्युको खबर बोकेर हिँडेको-खबरी जस्तो
मुद्धाको तामेली भर्न हिँडेको-तामिलदार जस्तो
साझमा खर्क तिर फिरेका-चौपाएको हुल जस्तो
हजारौ हजार मान्छेहरु
सलहको टोलिजस्तै-छपक्क अँध्यारो आकाश छोपेर
प्रबासबाट फिर्छन देश तर्फ
र ओर्लन्छन
हिमालका टाकुराहरुमा
पहाडका कुना र कप्चेरामा
तराईका सम्म फाँटहरुमा ।
********
हो,
रातहरु प्रबाशबाट फिर्छन
देशतर्फ
र्
भेट्छन आफ्ना स्वोजन
गर्छन भलाकुसारि
साट्छन सुख दुखका मिहिन शब्दहरु ।
भेट्छन आफ्ना साथीभाई र सङि
जान्छन कुनै मेलामा र बसिदिन्छन रोधिमा
गाउन गित्
" फर्केर आए म यि अध्यारा रातहरुमा........
**********
दिँउसभरिको थकानपछी
यो रेगिस्तानमा
ताँतो बालुवामाथी बसेर
चिसा खब्बुसहरु चपाँउदै
पानीले निलेपछी
उ -थुक्छ भुँईमा
सिंहदरबार सम्झेर ।
***************
ओई शासकहरु
त्यो सिंहदरबार भित्र , तिमीलाई एँठन हुँदैन्
दुख्दैन कतैपनी अलिकति
तर बिडम्बना
सिंहदरबार भित्रबाट -केहि थान गिद्धहरु
चिहाईरहेछन -एअरपोर्ट तर्फ
र्
कुरिरहेछन
प्रत्यक दिन
बन्द बाकसभित्र
फ्रोजन सपनाहरुले
पुरिएर आउने लाशहरुलाई।
***************************

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...