Monday, December 4, 2017

शहर


धेरै पछी
रात्री बसको बाँसी हाबा डकारेर
भेट्न आए शहर 
म तँलाई
भब्य स्वागतको तयारी गरिस त ?
***********
ओई शहर -
खै चिनिनस मलाई ?
म क्या त -उही पुरानो सखा
तेरो भुतको मायाबी कथाको ।
बिर्सिस मलाई
की नचिनेको नाटक गर्दैछस ?
किन सझाउन्नस आफ्नो द्वारहरु
किन सुन्दिन म स्वागत धुनहरु
मेरो आगमनमा
कतै
तँ पनि
चिसा मानिसहरु बोक्दा बोक्दै
मेटामर्फोसिस त भईनस
र बनिस शुस्क निर्जिब ।
*******
सम्झी त - ति पुराना रुमानी दिनहरु
हाम्रो जुगलबन्दिको :
एक साझ्ँं
बुढो रात्री बसको
ढोका बाट
थकित शरिर बोकेर
मेरा उत्साही खुट्टाहरु ले तँलाई चुमेको दिन!
ओहो त्यो समय अनि तेरो त्यो
मिहिन सिर्सिरे हावाको भब्य स्वागत ।
****
के थाहा मलाई
तेही खुट्टामा अर्थका लम्बेतान सिक्री कसेर
डुलाउछस मलाई
तेरा ति निर्जिब गल्लिहरुमा
जहाँ मैले आफ्नो
पसिना र रगत बेच्नुपर्थ्यो भनेर
कौडिको भाउमा
तेरो सुन्दरता बचाउन ।
****
के गराईनस मलाई
के गरिन मैले
सधै युद्ध मोर्चाको प्युशा जसरि
शतिशाल  सरि
तेरो त्यो सुन्दरता बचाई राख्न
हजारौ रातहरुलाई कृतिम श्वासप्रश्वास  दिएर
मोर्चा सम्हालिराखे
त कोमामा हुँदा
आफुलाई निचोरेर
तलाई रगत दिईराखे ।
तँ निभ्छस भनेर
कैदी गृहमा निद्रालाई कैद गरेर
रातभर म लडिरहे ति चक्रबात हुन्डरी सँग
केबल तँलाई  बचाँउन ।
*****
तर पनि मैले केहि गुनासो गरिन
म खुशी थिए
मेरो सखा प्रगतिपथमा लम्कदै गरेको देखेर
के थाहा मलाई
समयको रफ्तारमा
म कुरुप हुन्छु भनेर
र असुहाउदो हुन्छु तेरो सुन्दरतासँग
रक्त पातलो हुन्छ र बेकामे हुन्छन भनेर
एक क्षिण सिपाही
जो युद्ध देखी आजित भएर शान्ति खोज्छ भनेर ।
तर पनि
तेरो सुन्दरतामा धब्बा नलागोस
प्रगती पाईला नरोकियोस भनेर
स्वास रोकेर साथ दिए ।
*****
ति इतिहास
के अब तेरा लागी कुनै अर्थ राख्दैन ?
किन लुकाईस ति कथाहरु
सङ्घर्शका, धोका र कपटका ।
किन जलाईस ति पेन्टिङ ब्रशहरु
जो अन्तिम स्ट्रोक दिदैथे क्यान्भासमा

उतार्दै थिए तेरो अनुहार ?
*****
शहर-
तँ एक क्रुर सामन्त होस ।
नयाँ बलिस्ठ मजदुर पाएपछी
तलाई के आउथ्यो यो बुढो बेकामे मजदुरको याद
जस्ले हिजो तेरो मायाबी राज्यमा
आफ्नो सर्बस्वो सुम्प्यो
तँ सामन्तिनै रहिछस -शहर
तेसैले
यो तेरो पुरानो सखा फर्केको छु
तेरो दैलोमा
सम्झदै आफ्नो लगानि
बगेका पसिना र रगत

तिर्न चहान्छ तेरो त्यो गुन
जुन मृत्यु भन्दा भयाबह थिए ।

तेसैले ओई शहर
सुन
म यो पटक
आफ्ना हड्डिहरु घोटेर सन्जिबनी तयार पार्छु
र पिलाउछु तलाई ।
ज्युँका तिहुँ राख्न तेरो त्यो मोहनी लाग्दो आभा
ताकी थप मजदुरहरु तेरो जालमा परुन

तेरो त्यो रक्त पसिनाको प्यास बुझिरहोस ।
*****

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...