Thursday, November 24, 2016

काँचका टुक्राहरु

टुटेका, फुटेका
अनी 
पुन जोडिएका
केहि थान पुराना
काँचका टुक्राहरु ।

धेरै पहिले
सुशोभित हुन्थे
यी राजसि काँचहरु
महलका भिताहरुमा
र उतार्थे प्रतिछाँया
महाराज र तीनका गणहरुको ।
समय फेरियो र फेरियो चेतना
कुनै रात
भयङ्कर कोलाहालको बिचमा
महलका परखालहरु ढले
टुटे ति काँचहरु
र कैद भए इतिहासमा ।

तर
समयक्रममा कैद भुक्तान गरेको कैदी जस्तो
पाप मोचन गरेर तिर्थयात्रा बाट फर्केको
कुनै धर्मभिरु जस्तो
आफ्ना छिन्नभिन्न भएका
प्राकृत गुणहरु सँगाल्दै
शब्दका केहि लेपहरु लगाई
नयाँ आकारमा
जुट्दैछन रे
ति टुटेका फुटेका
पुराना काँचका टुक्राहरु ।

ती काँचहरु
रगतले भिजेका छन
नजिकै जादाँ
ह्वास्स गनाउछ शडयन्त्र
धेरै भुलहरु छन उस्का
तर पनि उ बेपर्बाह
देखाउछ प्रतिछाँया गद्धारहरुको
कुनै मायाबी राजकुमार जसरि
धेरै धेरै सोझा इमान्दारहरु
उस्ले उतारेको प्रतिछाँयामा
आफ्नै रगत चडाएर फर्केका छन्
ती सुनौला दिनहरुमा
जहाँ फुल्दैथिए फुलहरु ।
ज्यानमारा काचँका टुक्राहरु ।

ओई समय!!
भन त
के म अझै उठाँउ
ति राता काँचहरु
सजाँउ आफ्नो मटानमा
र हेरौ आफ्नै प्रतिछाँया
छ््या घिन लाग्छ मलाई आफै देखेर
र उस्ले कोर्देको प्रतिछाँया हेरेर
अझै कती आसाबादी छौ
खोजिरहेछौ त्यहिभित्र
दुर भबिस्यको रङिन सपना
बर्तमानमा कात्रो ओडेर ।

निशाको बिचमा चम्कने
धिप्धिपे जुनकिरी
र उस्लाई हेर्दै
संगीत भर्ने असख्य भ्यागुताहरु भएको
एस घडिमा
त पनि अजिब छस समय
साच्चै भन न -
किन भर्दैछस जिबन
ति कंकालहरुमा ?

सुर्यबहादुरहरु!

सुर्यबहादुर -जस्ले सिङ्गो सुर्य बोके आफ्ना पिठ्युमा र हिडिरहे एक मृत्युको बाटो । जिबनको भारी श्रमको पसिना भोको पेट र बग्रेल्ती बाँच्ने सपना...