सभ्यताको दौडमा
मिथकले किचिएर
आफुलाई भुल्दै गरेको
समय बिर्सिसकेको
आत्माहरुको एक शहर
जो भड्कन्छ
अकारण, अन्जानमानै
सडक
चोक , गल्लि, भट्टि
र सिङदरबारका कुनाहरुमा
मलामिका हुल बोकेर ।
(1)
हेर्नुस
भखरै एउटा लड्यो,
र
एक हुल मलामी हरु
सुन्य पदचाप बोकेर
आर्यघाट तिर बड्दैछन
र
तेही आर्यघाटमा
घाटेहरु जप्दैछन मन्त्र
छर्कदैछन जल
र कोसिस गरिरहेछन
भर्न स्वास
आर्को पुरानो एउटा लासमा ।
(2)
आर्यघाटको नजिकै बसेर
म नियालिरहेको थिए - लाशलाई
घाटे हरु निकाल्दै थिए
उस्का कमिजबाट
केइ कागजपत्र
जस्मा कोरिएका थिए
बिकासकाकेइ सपनाहरु
र सँगइ थियो
एउटा पुरानो नक्सा
जो हेर्दा भिन्न तर बिशाल थियो ।
उस्को इस्टकोटको बाहिरी खल्तिमा
केइ पुराना सन्धी सम्झौताका
पत्र हरु थिए
र सँगइ थियो
एउटा नलेखिएको -फुलिस्केपको पाना
मलाई थाहा छैन
उ
के लेख्न चाहान्थ्यो तेस्मा ।
(3)
प्रत्यक दिन आर्यघाटमा
सपनाहरुको एक लाश जल्छ
तर अफसोच
मलामिहरु सधै मन्द मुस्कानमा हुन्छन
र फर्कदै गर्दा
टिप्छन खोला किनारबाट
एउटा ढुङा
एस्तै छ
यो मलामिहरुको शहर ।